कपिलवस्तु दरवारमा महाअभिनिष्कर्मण उत्सव

कपिलवस्तु दरवारमा महाअभिनिष्कर्मण उत्सव

कपिलवस्तु : शाक्यमुनि बुद्धले ज्ञानको खोजीका लागि २६१५ औं वर्ष अघि दरबार त्याग गरी निस्केको स्मरण गर्दै शनिबार राती कपिलवस्तु दरवारमा महाअभिनिष्कर्मण उत्सव मनाइएको छ । 

मध्य रात्री १२ बजेको समयमा मनाइएको महाअभिनिष्कर्मण उत्सवमा राजकुमार सिद्धार्थलाई मनपर्ने कन्थक घोडाको स्मरण गर्दै सेतो घोडामा राजकुमार सिद्धार्थको भेषमा कपिलवस्तु नगरपालिका १ का स्थानीय युवा सिद्धार्थ शाक्यले राजकुमार सिद्धार्थको अभिनयमा दरवार त्याग गरेका थिए । 

बुद्धको जीवनका ४ महत्वपूर्ण घटनाहरु जस्तै दरबार त्यागले उनको जीवनमा महत्वपूर्ण स्थान ओगटेको छ । यो घटना नै बुद्धत्व प्राप्तिको पहिलो खुड्किलो र सत्यको खोजीको शुरुवात थियो ।

यो उत्सव अषाढ पूर्णिमामा मनाउने गरिएको भएपनि लकडाउनका कारण संभव नभएपछि विश्व पर्यटन दिवसको अवसरमा शनिबार मध्य रातमा मनाइएको हो । कार्यक्रमले बुद्धको जीवनमा महान त्यागको महत्वलाई उजागर गर्नु, बौद्ध सर्किटको नयाँ गन्तव्यको रुपमा प्रचारप्रसार गर्नु, विश्व पर्यटन दिवस मनाउनु र प्राचीन कपिलवस्तु क्षेत्रको महत्व दर्शाउनु नै कार्यक्रमको उद्देश्य रहेको लुम्बिनी विकास कोष तौलिहवा सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए । 

यो कार्यक्रममले कपिलवस्तु क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्न सघाउ पुग्ने लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले बताए । लुम्विनी विकास कोषको वार्षिक कार्यक्रममा समेत महाअभिनिष्कर्मणको दिनलाई एउटा उत्सवको रुपमा राखी यस दिनको महत्वलाई उजागर गरिने कोषका सदस्य ज्ञवालीले बताए ।

यस्ता कार्यक्रमहरुले प्राचीक कपिलवस्तु दरवारलाई पनि एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.