पर्सामा थप २४ जनामा कोरोना संक्रमण

पर्सामा थप २४ जनामा कोरोना संक्रमण

वीरगन्ज : पर्सामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका थप २४ जनामा संक्रमण पुष्टि भएको  अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

उनका अनुसारमा सोमबार राती १९२ जनाको स्वाब परीक्षण गर्दा पर्साका १ महिलासहित २४ जना र बाराका १ जना गरी २५ जनामा संक्रमण भेटिएको हो । उनीहरुको उमेर समूह १८ वर्षदेखि ७० वर्षसम्मको र संक्रमण सार्न सक्ने क्षमता अर्थात सिटी भ्यालु १८ देखि ३४ रहेको पनि प्रवत्ता डाक्टर चौरसियाले बताए ।

पर्सामा थपिएका २४ जनामध्ये वीरगन्ज महानगरपालिका ३२ का ८ जना, वडा नम्बर २१ का ५ जना र कालिकामाई गाउँपालिकाका ५ जना रहेका छन् । त्यसैगरी वीरगन्ज महानगरपालिकाकै २९ का २ जना, १५ र  १६ का १/१ जना, ठोरी गाउँपालिका ५  सुवर्णपुरका १ जना र वीरगन्जको एभरेष्ट बैंकमा कार्यरत १ जना कर्मचारीमा पनि संक्रमण भेटिएको प्रवक्ता चौरसीयाले जानकारी दिए ।

यस्तै बाराको महागढीमाई नगरपालिका ७ का एकजनामा पनि कोरोना संक्रमण भेटिएको डाक्टर चौरसियाले बताए । २४ जना थपिएसँगै पर्सामा संक्रमितको संख्या २ हजार ७ सय ३४ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.