गोरखामा प्रहरी,थुनुवा र व्यापारीमा देखियो कोरोना
गोरखा : गोरखाका नौ जना प्रहरी र दुईजना थुनुवामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना असईसहित त्यहाँका दुई थुनुवामा कोरोना पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी गोरखा नगरपालिकाकै बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठजना प्रहरीमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । नौप्रहरी र दुई थुनुवासहित सोमबार जिल्लाभर १८ जना कोरोना संक्रमित थपिएका छन् ।
यी बाहेक बाह्रकिलो चौकीमा कार्यरत प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका परिवार भित्रका दुईजना पुरुष र फलफूल व्यापारी गोरखा नगरपालिका ११ का २२ वर्षका पुरुष र ४१ वर्षीया महिलामासमेत कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।
गोरखामा विद्यालय पढाउन आएका एक शिक्षक र दुबईबाट फर्केका गोरखा नगरपालिका १३ मा होम क्वारेन्टिन बसेका अर्का एक गरी दुईजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !