आठ केजी अफिमसहित युवक पक्राउ

आठ केजी अफिमसहित युवक पक्राउ

वीरगन्ज : पर्सामा प्रहरीले ठुलो परिमाणमा लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर १ तीनडोयिबा गाँउका २९ वर्षीय खोवारीप्रसाद कुर्मी ८ केजी अफिमसहित पक्राउ परेका हुन्। 

विशेष सुचनाको  आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार मध्यरातमा कुर्मीको घरमा छापा मारेर अफिमसहित उनलाई पक्राउ गरेको हो।

कुर्मीको घरमा छापा मारेर खानतलाशी गर्दा घरभित्र लुकाइ राखेको आठ वटा पोकामा रहेको ८ केजी अफिम बरामद भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। अफिमसहित पक्राउ परेका कुर्मीलाई इलाका प्रहरी कार्यालय पोखरीयाकै हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.