धान उत्पादन घट्ने

धान उत्पादन घट्ने

परासी : पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ। कोरोना र बाढीका कारण उत्पादनमा कमी आउने भएको हो। कोरोनाका कारण समयमा मल नपाउनु र बाढीका कारण लगाएको धान डुबेपछि धान उत्पादनमा कमी आउने भएको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ।

जिल्लामा कुल २१ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। गत वर्ष ९० हजार ३ सय ७५ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा यस वर्ष १५ देखि २० प्रतिशतले कमी आउने केन्द्रकी कृषि प्रसार अधिकृत मनीषा पौडेलले बताइन्। बाढीका कारण मात्र पाल्हीनन्दन र सरावल गाउँपालिकामा करिब दुई हजारभन्दा बढी हेक्टरको धानबाली नष्ट भएको उनले जानकारी दिइन्। जिल्लाका अधिकांश किसान यतिबेला धान काट्न व्यस्त छन्। तर, धान भित्र्याउने समयमा आएको बाढीले धान नष्ट भएपछि किसान चिन्तित बनेका हुन्। 

समयमा मल नपाउँदा र बाढीले ७५ प्रतिशत धान नष्ट भएको सरावल गाउँपालिका जनकपुरका किसान इन्द्रकमल चौधरीले बताए। काट्न तयार भएको धान बाढीले नष्ट बनाए पनि अहिलेसम्म कतैबाट राहत नपाएको उनले गुनासो गरे। धानबालीमा राहत उपलब्ध गराउन नसके पनि हिउँदेबालीमा राहतका कार्यक्रम ल्याउने सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए। ‘धान काट्ने समय भएकाले किसानका लागि गहुँको बिउमा ५० प्रतिशत अनुदान दिएर सहयोग गर्छौं’, चौधरीले भने। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.