वडा सदस्यका छोरा १ क्विन्टल गाजासहित पक्राउ
वीरगन्ज : पर्सामा वडा सदस्यका छोरा गाजा सहित पक्राउ परेका छन्। पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा ४० वर्षीय राज ओझैया गाजासहित पक्राउ परेका हुन्।
वडा नम्बर ५ देवरिया टोल स्थित राजको घरमा बिहीबार बिहान प्रहरीले छापा मारेर खानतलासी गर्दा घरभित्र भण्डारण गरी राखिएको १ क्विन्टल ३१ केजी गाजा बरामद भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
राजको घरबाट आठ वटा बोरामा रहेको गाजा बरामद भएपछि गाजा सहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पन्तले बताइन्। गाजासहित पक्राउ परेका राजलाई प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !