पर्वतको फलेवासमा नहरले बगाएर बालिकाको मृत्यु
कुश्मा : पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। बिहीबार विहान विद्यालय हिँडेकी फलेवास नगरपालिका-६ देविस्थानस्थित चन्दनीकी ८ बर्षिया सिरिषा रानाको मृत्यु भएको हो। बाटोमा डिड्दै गर्दा नहरम खुट्टा धुने क्रममा चिप्लिएर नहरले बगाएको हो।
विहान ११ बजेतिर विद्यालय हिँडेकी बालिकाले स्थानीय साताकुरियास्थित नहरमा खुट्टा धुँदा चिप्लिएर नहरमा खसेकी थिइन। बालिकालाई नहरले बगाउँदा सँगै रहेका भाइले स्थानीयलाई खवर गरेर थिए। बालिकालाई नहरले बगाएर १० मिटर तल पुर्याएको र स्थानीयले तत्काल उद्धार गरी स्थानीय धुलिखेल स्वास्थ्य केन्द्र खानीगाउँमा उपचारका लागि लैजाने क्रममा चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए।
बालिकाले स्थानीय फलेबास मोडल वोर्डिङ्ग स्कुलमा कक्षा २ मा अध्ययनरत थिइन। घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !