भिरबाट लडेर कांग्रेस वडा सभापतिको मृत्युु
डडेल्धुरा : डडेलधुरामा नेपाली कांग्रेसका वडा सभापतिको भीरबाट लडेर मृत्यु भएको छ।
जिल्लाको अमरगढी नगरपालिका ११ का वडा सभापति ४० वर्षीय लोकेन्द्र खड्काको शनिबार साझ भिरबाट लडेर मृत्यु भएको हो।
साँझ ५ बजेतिर खानेपानीको पाइप बनाउदै गर्दा उनी भीरबाट लडेको र उपचारका लागि अस्पताल लाने क्रममा खड्काको मृत्यु भएको स्थानीय तथा नेविसंघका जिल्ला सदस्य करन बोहराले जानकारि दिए ।
प्रतिक्रिया दिनुहोस !