दिउँसै तीन लाख नगदसहित सात तोला सुन चोरी

दिउँसै तीन लाख नगदसहित सात तोला सुन चोरी

डडेल्धुरा : डडेल्धुरा अमरगढी नगरपालिका-७ को एक घरबाट तीन लाख नगदसहित लाखौंका गरगहना चोरी भएको छ। पोखरा बजार नजिकै डडेल्धुरा-बैतडी महाकाली राजमार्ग छेउमा रहेको कलावती ऐरीको घरबाट शुक्रबार दिउँसो तीन लाख नगदसहित सात तोला सुन चोरी भएको हो।

दिउँसो घरमा कोही नभएको समयमा चोरी भएको हो। घरको एक कोठामा रहेको स्टिल दराज फोडेर सुनका गरगहनासहित नगद चोरी भएको ऐरीले बताइन। घरभित्रै रहेका फालमका वस्तुले दराजको दुई वटा लक तोडि गहनासँगै नगद समेत चोरी भएको उनले बताइन्।

घर नजिकै घाँस काट्न गएका बेला चोरी भएको ऐरीले जानकारी दिइन। घाँस काटेर घर आइसकेपछि कोठाभित्र फर्कंदा कोठाको सरसमानका साथै अन्य सामाग्री लथालिंग पारिएको थियो। स्टिल दराज तोडेर दराजभित्रका सबै लुगा कपडा बाहिर छरपस्ट थिए। दराजका दुई वटै लक तोडेर सुन र नगद चोरी भएको उनले बताइन।

शुक्रबार अपरान्ह प्रहरीलाई खबर गरेपछि अनुसन्धान थालिएको पोखरा प्रहरी चौकी इञ्चार्ज प्रहरी नायव निरिक्षक शेरबहादुर बढाऐरले बताए। ऐरीको घरमा जाने बुझेकै मान्छेले चोरी गरेको हुन सक्ने अनुमान गरिएको छ। घट्नाको विस्तृत अनसुसन्धान गरि चोरीमा संलग्न मान्छे चाडे पत्ता लाग्ने प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.