भारतले एकतर्फी नाका खोलेपछि वीरगन्जमा तनाव

भारतले एकतर्फी नाका खोलेपछि वीरगन्जमा तनाव

वीरगन्ज : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ७ महिनादेखि बन्द नाका, भारतले बिहिबार देखि खुल्ला गरेको छ । तर नेपाल तर्फको नाका भने कात्तिक ३० गते सम्मका लागि बन्द रहेको छ ।

भारतले आफनो देशको नाका एकतर्फी खोलेकाले नेपाल प्रवेश गर्ने भारतीयलाई नेपाली सुरक्षाकर्मीले वीरगन्ज नाकामा रोकेपछि तनाव भएको छ । बिहीबार बिहान भारतले नाका खोलेको खबर सार्वजनिक भएपछि भारतको रक्सौलबाट वीरगन्ज प्रवेश  गर्न खोज्ने भारतीयलाइ सुरक्षाकर्मीले रोकेपछि तनाव भएको हो । 

भारतले एकतर्फी रुपमा आफनो नाका खोलि दियो तर नेपालको नाका बन्द नै छ , वीरगन्जको इनर्वा नाकामा अवस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक रन्जन सिंहले भने, 'उताबाट मान्छेहरु  लर्को लागेर आइरहेका छन्, हामीले रोकेर फर्काइ रहेका छौं, बिहानै देखि तानव भएको छ । 

भारतबाट आउनेहरुले नाका खुलि सकेकाले किन रोकेको भनेर प्रहरीसंग  बाझने गरेको पनि उनले सुनाए । उनले भने, 'भारतले नाका खोलेपनि उताबाट एक जनालाइ पनि नेपाल छिर्न नदिन माथिबाट निर्देशन छ, त्यसैले नेपाल प्रवेश गर्नेहरुलाइ सम्झाइ बुझाइ भारततर्फ नै फर्काइ दिने गरेका छौं । 

नेपाल तर्फको नाकामा नेपाली सुरक्षाकर्मीले रोकेपछि बिहिबार बिहान भारतीयहरुले रक्सौल इन्धन लिन गएका नेपाली टयाङकरलाई मितेरीपुलमा केहीबेर अवरोध पनि गरेका थिए । दसैं, दीपावली, सोहोरहिया र छठ पर्वलाई मध्य नजर गर्दै भारत सरकारले नेपालसँग सीमा जोडिएका स्थल नाका बिहीबारदेखि नाका खोलेको हो । भारतले सीमा नाका खुला गरेपनि नेपालतर्फ भने अझै कार्तिक ३० गतेसम्मका लागि सीमा नाका बन्द नै छ । 

नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार कार्तिक ३० गतेसम्म अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द गरिएको छ । भारतले आफनो तर्फको नाका खोलेपनि , नेपालको नाका कात्तिक ३० सम्म बन्द नै रहेकाले उक्त समयावधिभर सीमा नाकाबाट कसैलाई पनि आवत जावत गर्न नदिईने पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

भारत तर्फ सीमा नाका खुला भएपनि नेपाल तर्फ अझै नाका बन्द नै रहेकोले यसलाई अझ व्यवस्थित बनाउनका लागि वीरगन्ज नाकामा बिहीबारदेखि थप सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी उनले दिए । 

प्रजिअ तामाङले भने, 'औपचारिक रुपमा कोही नेपाली नागरिक, भारतबाट नेपाल आउन चाहन्छन् भने स्थानीय प्रशासनको अनुमति लिएर शंकाचार्य गेटको नाका भएर आउन सक्छन्।'

पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सरकारको निर्देशन बिना अहिले सीमा नाकाबाट आवतजावत गर्न नदिइने बताए । भारतको रक्सौलतर्फ नाका खुलेपछि बिहीबार बिहान ५०/६० जनाको संख्यामा नेपाल छिर्न लागेका भारतीयलाई फर्काइ दिएको जानकारी दिँदै उनले भने, 'नेपाल आउन चाहने नेपाली नागरिकको हकमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार क्वारेन्टाइनमा बस्ने गरी आउनलाई कुनै रोक लगाइएको छैन । बिहीबारदेखि वीरगन्ज सीमा नाकामा थप सुरक्षा बल समेत पठाइएको जानकारी उनले दिए  । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.