मन्दिर जान नपाएपछि सडकै पूजा ( फोटो फिचर)
पर्सा : कोरोना भाइरस (कोभिड -१९) संक्रमणको महामारी कायमै रहेकाले पर्सामा स्थानीय प्रशासनले दसैंमा दुर्गा भवानीका शक्तिपीठ र मठमन्दिरमा पूजापाठमा रोक लगाएको छ । मन्दिरमा पूजा गर्न नपाएपछि वीरगन्जका महिलाहरुले शनिबार अष्टमीका दिन गहवामाइ मन्दिर अगाडि सडकमै पूजापाठ गरेका छन् ।
यस्तै स्थानीय प्रशासनले दसैंमा शक्तिपीठमा पशुवलीमा पनि प्रतिबन्ध लगाएको छ । तर स्थानीय प्रशासनको आदेश अटेर गरेर वीरगन्जमा अष्टमीका दिन गहवामाइ मन्दिर पछाडि २ हजार भन्दा बढी बोका र ५ हजार कुखुरा हाँसको बली चढाइएको छ । 


प्रतिक्रिया दिनुहोस !