सुन तस्करीको 'ट्रान्जिट प्वाइन्ट' बन्दै कपिवस्तु

सुन तस्करीको 'ट्रान्जिट प्वाइन्ट' बन्दै कपिवस्तु

कपिलवस्तु : जिल्लामा सुन तस्करीको जालो तोड्न नेपाल प्रहरीले विशेष निगरानी बढाएको छ । केही दिनअघि मात्रै जिल्लाको मायादेवी गाउँपालिकाको वनकसियाबाट भारततर्फ लैजाँदै गरेको आधा किलो सुन पक्राउ गरेपछि उत्साहित बनेको प्रहरी अहिले थप सक्रिय बनेको छ ।

आधा किलो सुनसहित पक्राउ परेका मायादेवी गाउँपालिका ४ चाकरचौडाका ३५ वर्षीय पवन कुमार गुप्ता र उनकी बहिनीलाई प्रहरीले बुटवलस्थित राजश्व अनुसन्धान कार्यालय पठाएको छ । 

पक्राउ परेका उनीहरुमाथि राजश्व कार्यालयले थप अनुसन्धान सुरु गरेको छ । सुन तस्करीको घटना आफूहरुले अनुसन्धान गर्ने नभइ राजश्व अनुसन्धान कार्यालयले गर्ने हुँदा पक्राउ परेको भोलिपल्टै बरामद आधा किलो सुन र व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । 

पक्राउ परेका पवनकुमार गुप्ता सुन व्यवसायी हुन् । सीमा क्षेत्र चाकरचौडामा घर छ । सीमा पारी भारतीय बजार अलिगढवामा उनको सुन पसल छ । उनी आफु सुन तस्करीको कैरियर नभई सुन व्यवसायी नै हुन् । प्रति तोला करीब ५ हजार रुपैयाँ सस्तो सुन नेपालमा पाईने भएका कारण उनले तौलिहवाबाट सुन खरिद गरेर भारत तर्फ अवैध रुपमा निकासी गर्न लागेको प्रहरीले जनाएको छ । 

यसअघि जिल्लाको सीमावर्ती क्षेत्र कृष्णनगर र चाकरचौडाबाट करीब ५० लाख रुपैया बढी भारतीय रुपैयाँ प्रहरीले पक्राउ बरामद गरिसकेको छ । भारतबाट अवैध रुपमा भित्रने भारतीय रुपैयाँ सुन खरिदका लागि आउने गरेको प्रहरीको अनुमान छ । 

पछिल्ला वर्षमा कपिवस्तु जिल्ला सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको छ । खुला सीमानाको फाइदा उठाउँदै सुन तस्करहरुले तौलिहवा बजारबाट सुन गरिद गरी भारतीय बजारमा लागि बिक्री गर्ने गर्छन् । सुन तस्करीको यो जालो तोड्न आफूहरु सुक्ष्म ढंगबाट सक्रिय भइ लागेको प्रहरी उपरीक्षक अधिकारीले बताए । 

'सुन तस्करी नियन्त्रणका लागि विशेष योजना, सुराकी र संयन्त्रको परिचालन गरि अघि बढेको छु,' प्रहरी उपरीक्षक अधिकारीले भने । सुन व्यवसायी पवन गुप्ता पक्राउ परेसँगै तौलिहवा बजारका सुन व्यवसायीमा त्रास छाएको छ । पक्राउ परेका गुप्ताले सुन कुन पसलबाट खरिद गरेका हुन् ? सो विषय भने अझै खुलेको छैन । राजश्व अनुसन्धान कार्यालयले यससम्बन्धी अनुसन्धानको काम अघि बढाएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.