तस्करसँगको झडपमा प्रहरीको गोली लागेर बालक गम्भीर घाइते

तस्करसँगको झडपमा प्रहरीको गोली लागेर बालक गम्भीर घाइते

वीरगन्ज : बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा बुधबार बेलुकी तस्करलाई सघाउने स्थानीय र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका छन्।

प्रहरीले चलाएको गोली लागेर कबहीगोठका चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका हुन्। 

टाउकोमा गोली लागेका रन्जनको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ। 

झडपमा स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएका छन्। 

स्थानीयको ढुंगाुमढाबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान घाइते भएको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। 

घाइते तीनै जना प्रहरीको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

घाइते प्रहरीमध्ये प्रहरी नायव निरीक्षक गिरीको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

भारतबाट राजश्व छलेर ल्याइएका आठ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल सोमबार साँझ इलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएको थियो  । 

कबहीगोठ प्रहरीले नियन्त्रणमा लिएको तस्करीको प्याज बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दै प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि झडप भएको हो। 

स्थिति निन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा सडक छेउमा बसेका रन्जनको टाउकोमा गोली लागेको हो। 

प्रहरी निरीक्षक यादवले भने स्थिति निन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गर्दा हुलुमुलमा परेका बालक रन्जनलाई गोलीको छर्रा लागेको बताएका छन्।
 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.