म्याग्दीको मुदी र मल्कवाङमा पुग्यो सडक : स्थानीय उत्पादन बजार पुर्‍याउन भयो सहज

म्याग्दीको मुदी र मल्कवाङमा पुग्यो सडक : स्थानीय उत्पादन बजार पुर्‍याउन भयो सहज

बेनी : सदरमुकाम बेनीमा बस्दै आएका धवलागिरी गाउँपालिका–५ मल्कबाङका हरि छन्त्यालका परिवार यसपालि दसैँमा घर जाँदा बिगतको जस्तो दुःख भोग्नु परेन। 

गाडी चढेर बेनीबाट हिँडेको तीन घण्टामै घर पुग्न पाएकोमा छन्त्याल दंग परे। ‘यसअघिका वर्ष बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो,’ उनले भने ‘यसपालि गाउँमा सडक पुगेकाले छिटो र सजिलो भयो।’ 

धवलागिरी–४ मुदीका विजय घर्तीमगरले दुई हजार लिटर भीरमह गाउँबाट सीधै पोखरा पुर्‍याएर बेचे। ‘जडिबुटी र मह ढुवानी गर्न व्यापारीले हेलिकप्टर चार्टर गर्थे,’ उनले भने ‘सडक आएपछि गाडीमा सस्तो र सजिलै बजारमा मह लैजान पाइयो।’ 

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुदी र मल्कवाङ सडक सञ्जालमा जोडिएपछि स्थानीयलाई आवत जावत, ढुवानी र गाउँका जडिबुटि, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ। 

यसअघि सडक र यातायात सुविधा नहुँदा घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो परेको थियो। सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा छोटिएको मुदीका धनबहादुर घर्तीमगरले बताए। 

गत असार महिनामा ट्रयाक खुलेको फलियागाउँदेखि दर हुँदै मुदी र मराङको बेँसीदेखि आरबाङ हुँदै मल्कवाङ जोड्ने सडकमा खसेको पहिरो पन्छाएपछि यसै महिनादेखि जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन्। 

२०७३ मा सुरु भएको ६ किलोमिटर दुरीको मुना–मुदी सडक निर्माणमा तत्कालीन जिविस र गाउँपालिका मार्फत तीन करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको छ। 

‘अक्करे र जोखिमयुक्त सिम्बाङको भीरलगायतका ठाउँमा पहाड फुटाएर बस चल्ने सडक बनाएका छौँ,’ धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भनिन् ‘मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोशका करिब एक हजार घरधुरी लाभान्वित भएका छन्।’ 

प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालयले एक करोड ५२ लाख रुपैयाँको लागतमा मराङको बेँसीदेखि आरवाङ–हाङबाङ हुँदै मल्कवाङ जोड्ने ११ किलोमिटर सडक निर्माण गरेको हो।

मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगंगा गाउँपालिकाको कुइनेखानीका करिब पाँच सय घरधुरी लाभान्वित भएका वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन्। 

७ वटा वडा रहेको धवलागिरीको गुर्जा बाहेक ६ वटा वडामा सडक सञ्जाल पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.