मुकेश हत्या प्रकरण : हत्याको ८ दिनपछि अन्त्येष्टि

मुकेश हत्या प्रकरण : हत्याको ८ दिनपछि अन्त्येष्टि

वीरगन्ज :  पर्सामा नेकपाका दुई गुटबीच भएको झडपमा मारिएका नेकपाका जिल्ला सदस्य मुकेश चौरसीयाको हत्या भएको ८ दिनपछि मात्रै अन्त्येष्टि भएको छ। 

हत्यामा संलग्नविरुद्ध प्रहरीले जाहेरी लिन नमान्दा चौरसीयाको शव आठ दिनदेखि नारायणी अस्पतालमा राखिएको थियो। 

बिहीबार सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा हत्यामा संलग्न १२ जनाविरुद्ध जाहेरी दर्ता भएपछि मात्र शुक्रबार मृतकका परिवारले शव बुझेर साँझ अन्त्येष्टि गरिएको हो।

मुकेशको गाउँ विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठास्थित शम्शानघाटमा शुक्रबार साँझ उनको अन्त्येष्टि गरिएको हो।  मुकेशको शवमा नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धान्जली दिए। 

त्यसअघि शुक्रबार दिउँसो नारायणी अस्पतालमा शवको पोष्टमार्टम गरेर त्यहाबाट शव निकालेर मुकेशको घरमा लगेर परिवारजनलाई अन्तिम पटक हेर्न दिइएको थियो । 

अन्त्येष्टिमा पूर्वमन्त्री यादवका साथै नेकपाका नेता रामचन्द्र झा, प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी लगायतका नेता कार्यकर्ता पनि सहभागी भएका थिए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.