कोरोनाले बाराका कांग्रेस महासमिति सदस्यसहित दुई जनाको मृत्यु

कोरोनाले बाराका कांग्रेस महासमिति सदस्यसहित दुई जनाको मृत्यु

वीरगन्ज : बाराका नेपाली कांग्रेस महासमिति सदस्य मदन मण्डलको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। बाराको आदर्शकोतवाल गाउँपालिकाको टेढाकट्टी घर भएका ४५ वर्षीय मण्डलको , उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै आइतबार बिहान मृत्यु भएको हो।

तीन दिन पहिले श्वास प्रश्वासमा समस्या भएर सिकिस्त भएपछि मण्डललाइ बाराको कोल्हवीकै स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो। उपचारका क्रममा  कोरोनाको आशंका भएपछि मण्डललाइ  शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको थियो। 

शनिबार नै स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा मण्डलको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएपछि मण्डललाइ नारायणी अस्पतालका चिकित्सकले वीरगन्जकै बाबा होटेलमा सन्चालित कोभिड अस्पतालमा लैजान सुझाएका थिए। तर आफन्तले  काठमाडौंको नर्भिक  अस्पतालमा लैजाने क्रममा मण्डलको आइतबार बिहान  बाटोमै मृत्यु भएको नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिए। 

नारायणी अस्पतालका चिकित्सक डाक्टर दीपक चौरसियाका अनुसार , मण्डललाइ शनिबार नारायणी अस्पताल ल्याउँदा नै  उनको अवस्था गम्भीर थियो। चौरसीयाले भने ,‘उच्च रक्तचापको बिरामीसमेत रहेका मण्डललाइ खोकी लाग्नुका साथै श्वास फेर्न पनि गाह्रो भइरहेको थियो, कोरोना पुष्टि भएपछि हामीले बाबा होटलको कोभिड  हस्पिटलमा लैजान सुझाएका थियौँ , तर आफन्तले त्यहाँ नलगेर काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु हुन पुग्यो।'

यसअघि शनिबार नै बाराको निजगढ नगरपालिका- ९ का ६२ वर्षीय पुरूषको वीरगन्जस्थित बाबा होटलमा नेशनल मेडिकल कलेजले सन्चालन गरेको कोभिड अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो। उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाइ उपचारको लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको थियो। कोरोनाको आशंका भएपछि स्वाब संकलन गरेर नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा उनमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि त्यहि दिन उनलाइ बाबा होटलमा सञ्चालित कोभिड  अस्पतालमा लगेर भर्ना गरिएको थियो। कोभिड अस्पतालमै उपचारका क्रममा उनको शनिबार बिहान पौने ६ बजे मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर परवेज अन्सारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.