पुलबाट ट्याक्टर खस्दा चालकको मृत्यु
वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा आइतबार बिहान टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लक्ष्मीपुरबाट धान लोड गरेर वीरगन्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर लक्ष्मीपुरमै रहेको चन्द्रवाती खोलाको पुलबाट करिब १ सय मिटर तल खसेको थियो।
टयाक्टरले च्यापिएर टयाक्टरका चालक ३५ वर्षीय राम मनोहर साहको घटनास्थलमै मृत्यु भएको हो। टयाक्टर धनी समेत रहेका साह आफैँले चलाएर ल्याएको टयक्टर अनियन्त्रित भइ पुलबाट तल खसेको हो।
धान लोड भएको ट्याक्टरले थिचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्षक आदर्श खतिवडाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !