सात महिनादेखि बन्‍द विद्यालय सोमबारदेखि खुल्ने

सात महिनादेखि बन्‍द विद्यालय सोमबारदेखि खुल्ने

वीरगन्ज : कोरोना महमारीका कारण ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक विद्यालय सोमबारदेखि खुल्ने भएका छन्।

वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले ८, ९ र १० कक्षाको मात्रै पठनपाठन हुने गरी सामुदायिक विद्यालय सोमबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

नेपाल सरकारले  तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सन्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख विजय सरावगीले जानकारी दिए।

कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन्। 

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खोल्ने र यसको जिम्मेवार पक्ष स्थानीय सरकार हो भनेको छ। 

महानगरमा रहेका निजी विद्यालय भने सरकारको निर्देशन विपरित र महानगरको अनुमति बेगर आफूखुशी गत बिहीबारदेखि सन्चालनमा आइसकेका छन्। 

त्यसैले महानगरपालिकाले आइतबार सरोकारवालाको बैठक राखेर सामुदायिक विद्यालय पनि सोमबारदेखि सन्चालन गर्ने निर्णय गरेको हो। 

विद्यार्थीको हात साबुनपानीले धुनका लागि महानगरपालिकाले प्रत्येक विद्यालयमा २ थानका  दरले रेडिमेड वास बेसन जडान गरिदिने भएको छ। कक्षा ८ देखि १० सम्मको पठनपाठन हुने  सामुदयिक विद्यालय महानगर क्षेत्रमा ३१ छन्। 

सोमबारदेखि सन्चालनमा आउने विद्यालयको महानगरपालिकाले एक सातसम्म अनुगमन गर्ने र त्यसकै आधारमा  कक्षा ६ र ७ को पनि पठनपाठन सुचारु गर्ने वा नगर्ने विषयमा आवश्यक निर्णय गरिने  सरावगीले बताए।

 कक्षा १ देखि ५ सम्मको पठनपाठन भने तत्काल सञ्चालन नहुने मेयर सरावगीको भनाइ छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.