मुकेश हत्या प्रकरण : तिवारी पक्राउ, पूर्वसभासद गुप्तासहित ९ जना अझै फरार

मुकेश हत्या प्रकरण : तिवारी पक्राउ, पूर्वसभासद गुप्तासहित ९ जना अझै फरार

वीरगन्ज : नेकपाका पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको आरोप लागेका एक फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको विन्दवासीनी गाउँपालिका ४ मधवल बस्ने ३२ वर्षीय छोरा उत्तम तिवारी भन्ने निरन्जन तिवारी रहेका छन् । 

हत्याको आरोप लागेका तिवारी फरार भई भारत बिहारको अरेराजमा लुकिछिपी बसिरहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरी वीरगन्ज ल्याएको हो । तर पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने वीरगन्ज महानगरपालिका  १६ स्थित इनर्वागाँउबाट तिवारीलाइ आइतबार बेलुकी पक्राउ गरिएको बताएकी छन् ।  प्रहरी उपरीक्षक पन्तले तिवारीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको बताइन् । 

गत कार्तिक ६ गते विन्दवासिनी गापा ५ प्रसौनीभाठामा नेकपाको गाँउपालिका कमिटीद्वारा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई गुटबीच झडप भएको थियो । झडपमा एकले अर्कालाई बाँसको भाठाले प्रहार गर्ने क्रममा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका मुकेशको उपचारका क्रममा कात्तिक ७ गते मृत्यु भएको थियो 

झडपमा सलंग्न भइ घाइते भएका हत्याका आरोपीद्वय तिवारी र चिन्टु तिवारी त्यही दिन उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना भएकोमा दुवै जना अस्पतालबाटै फरार भएका थिए ।

मुकेशको हत्यामा संलग्न रहेको आरोप लगाउदै मृतकका भाइ महेशले प्रहरीमा दर्ता गराएको जाहेरीमा उल्लेख १२ जना मध्ये ९ जना भने फरार रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए । 

झडपको घटना भएको कात्तिक ६ गते नै प्रहरीले देवा सहनी , हनिफ मिया र शोकद्धिन गद्धिलाइ  पक्राउ गरेको थियो । तर कात्तिक १३ गते  मृतक पक्षले दिएको जाहेरीमा शोकदिन गद्धीको  नाम नरहेका कारण उनि विरुद्ध सार्वजनिक अपराधको मुद्धा मात्रै दर्ता गरिएको प्रहरी नायव उपरिक्षक कुवँरले जानकारी दिए ।

जोहरीमा उल्लेख १२ जना मध्ये अहिलेसम्म तिवारीसहित ३ जना मात्र पक्राउ परेको भन्दै कुवँरले भने, 'जोहरीमा नाम भएका संविधानसभा सदस्य (पूर्वसभासद)राज कुमार गुप्तासहित ९ जना फरार छन्, उनीहरुको खोजतलाश भइरहेको छ । '


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.