वीरगन्ज नाका खोल्न सरकारसँग कांग्रेसको माग

वीरगन्ज नाका खोल्न सरकारसँग कांग्रेसको माग

वीरगन्ज : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले बन्द गरेको वीरगन्ज नाका खोल्न नेपाली कांग्रेसले माग गरेको छ। सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ ख को क्षेत्रीय कार्य समितिले वीरगन्ज नाका खोल्न माग गरेको हो।

कोभिड महामारीका कारण भारतले बन्द गरेको रक्सौल नाका कात्तिक ६ गतेदेखि एकतर्फीमा खोलिसकेको छ। नेपाल सरकारले भने वीरगन्ज सहितका  नाकाहरु कात्तिक ३० गतेसम्मका लागि बन्द नै रहेको जनाएको छ।

वीरगन्ज नाका विगत ७ महिनादेखि बन्द हु्ँदा यसले नेपाल भारत बिचको रोटी बेटीको सम्बन्धलाई पनि असार पारेको कांग्रेसले जनाएको छ। तराइ मधेसवासीको पर्व दिपावली र छठ पनि नजिकिंदै गइरहेका बेलामा नाका बन्द गर्नु व्यवहारिक नभएको तर्क गर्दै कांग्रेसले लामो समयदेखि बन्द रहँदा आवागमन र व्यपार व्यवसायमा समेत कठिनाइ परेकाले नाका खोल्न सरकारसँग माग गरेको बताएको छ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको वीरगन्ज नाका यथाशीघ्र खोल्न कांग्रेसले  सरकारसँग माग गरेको हो। 
भरतले आफ्नोतर्फको नाका खोलिसकेको तर नेपाल सरकारले मुख्य नाका बन्द नै राखेका कारण भारतका ग्रामीण भेगका नाकाबाट लुकीछिपी मानिसको आउजाउ भइरहेकाले यसले संक्रमणको जोखीम झन बढाएको पर्साको क्षेत्र नम्बर १ को ख का क्षेत्रीय कार्य समितिका सभापति अरविन्द कुमार गुप्ताले बताए। 

ज्ञापन पत्र बुझ्दै प्रजिअ तमाङले संघीय सरकारले नाका कात्तिक ३० गतेसम्म बन्द गर्ने निर्णय गरेकाले कांग्रेसले नाका खोल्न गरेको मागको बारेमा नेपाल सरकारलाई जानकारी गराउने बताए। भारतरले कात्तिक ६ गतेदेखि एकतर्फी नाका खोलेपछि वीरगन्ज नाकामा नेपाली सुरक्षाकर्मीले सास्ती खेप्नु परेको छ।
भारतबाट आउनेलाई नाकामा नेपाली सुरक्षाकर्मीले रोक्दा दिनहुँ जसो विवाद हुने गरेको छ। 
 
पर्साका प्रजिअ तमाङले भारतले सिमाना खुल्ला गरिदिएपछि नाकामा थप सुरक्षाकर्मी तैनाथ गर्नुपरेको बताए। औषधी उपचार आदिका लागि जानै पर्ने बाध्यतापूर्ण अवस्थाका मानिसलाई नेपाल सरकारको मापदण्ड अनुसार प्रक्रियागत सहजीकरण गरिदिने उनले बताए।  उनले भने,‘तर किनमेल गर्न जान आउन खोज्ने लगायतका कामका लागि हामीले नाकामै रोकेर फिर्ता पठाइ दिने गरेका छौं।' 

नाका बन्द हुँदा अवैध आवागमन र तस्करी बढ्यो
 
सरकारले वीरगन्ज लगायतका सबै नाका बन्द गरेको  बताए पनि पर्सा जिल्लामा रहेका ग्रामीण भेगका अलौ, अमरपटटी, सबैठवा, जानकी टोला, भिस्वा, ठोरी, महादेवपट्टी, पाण्डेपुर  लगायतका  नाकाहरुबाट मानिस सहज रुपमै ओहोर दोहोर हुने गरेका छन्। मुख्य नाका सरकारले बन्द राखेका कारण ग्रामीण भेगका नाका हुँदै भारतबाट मालसामानको तस्करी पनि बढेको स्थानीय बताउँछन्। 

यसका साथै तस्करी पनि बढेकोले नेपाल सरकारलाई राजश्वमा घाटा भइरहेको तर्क कांग्रेस क्षेत्रीय सभापति गुप्ताको छ। उनले भने, ‘त्यसैले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नाका तत्कालै खोल्नु पर्ने माग हामीले गरेका हौं।' 

ठाकुरराम बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक इन्दुशेखर मिश्राले पनि नाका बन्द हुँदा व्यपारीले तस्करीबाट मालसामान ल्याउन बाध्य भएको सुनिएको बताए। उनले भने, ‘जुन मालसामान भन्सार राजश्व तिरेर व्यपारीले  ल्याउँथे अहिले ७ महिनादेखि नाका बन्द हुँदा कतिपय साना कारोबारीले अवैध बाटोबाट ल्याउनु पर्ने बाध्यता भएको सुनिन्छ, त्यसैले भारतले नाका खोल्ने निर्णय गर्दा नेपालले पनि सँगै खोल्नु पर्ने थियो।' 

वीरगन्ज  नाका खोल्न माग गर्दै सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी असमान तमाङ मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेसका क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.