हुण्डीको १६ लाख रकम सहित भारतीय नागरिक पक्राउ

हुण्डीको १६ लाख रकम सहित भारतीय नागरिक पक्राउ

वीरगन्ज : हुण्डी (अवैध वित्तीय कारोबार) को कारोबारी रहेको भन्दै एक भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट १६ लाख रकम सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको रक्सौल घर भएका ५० वर्षीय कृष्णकुमार जैन रहेका छन्। 

उनको साथबाट प्रहरीले श्रोत खुल्न नसकेको नेपाली १६ लाख रुपैयाँ बरामद गरेको छ। अवैध वित्तीय कारोवार (हुण्डी) भइएरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जैनलाई वीरगन्जको माइस्थानबाट पक्राउ गरेको हो। 

प्रहरीको टोलीले माइस्थान चोकमा चेकजाच गर्ने क्रममा जैन सवार रहेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा श्रोत खुल्न नसकेको  १६ लाख रुपैयाँ बरामद भएपछि नियन्त्रणमा लिइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

 
नगद र मोटरसाइकल सहित पक्राउ गरिएका जैनलाई जिल्ला प्रहरी कार्यालयमा राखी बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुर शीर्षकमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक पन्तले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.