सँगै बसेका श्रीमानको खोजीमा विमला

सँगै बसेका श्रीमानको खोजीमा विमला

डडेल्धुरा : तिहारका लागि घर फर्किरहेका र आफन्तकोमा जान निस्केका यात्रु बिहीबार राति बैतडीको खोड्पे नजिकैको बस दुर्घटनामा परेका छन्। दुर्घटनामा ८ जनाको घटनास्थलमा र एक किशोरीको उपचारका क्रममा डडेल्धुरा अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालकसहित अन्य ३४ जना घाइते भएका छन्। तर बस मै यात्रा गरिरहेकी दोगडा केदार गाउँपालिका सित्तड घर भएकी २२ वर्षीया विमला बडु जोशी दुई वर्षे बालकसँगै डडेल्धुरा अस्पतालको वार्डमा छिन्। उनीसँगै यात्रा गरिरहेका उनका श्रीमानको अहिलेसम्म खबर छैन। घाइतेको लिष्टमा नाम छैन। केही मृतकको सनाखत हुन बाँकी रहेको छ। 

श्रीमान र नावालक बच्चासँगै एकै सिटमा रहेकी विमलालाई बस खसेपछि मात्रै दुर्घटनामा परेको थाहा भएको हो। आफू निदाएको बेला एक्कासी बस तल खसि रहेको थाहा पाएको उनी बताउँछिन्। उनले भनिन्, 'छोराका बाबालाई बोलाउँदा बोलेनन्। छोरा कता खसेको थियो थाहा थिएन। बस खसिरहेको नै थियो उहाँलाई जति बोलाउँदा पनि बोल्नु भएन।'

विमलाले भन्छिन्, 'आफू सडकसम्म हिडेर नै आएको। छोरालाई अरुले नै बोकेर ल्याएका रैछन्। सडकमा पुगेपछि दिए। तर बाबालाई भेटिन।' अहिले पनि विमला श्रीमानका बारेमा जान्न आफन्त र प्रहरीलाई सोधिरहेकी छन्। आफूसँगै रहेको श्रीमान कुन अस्पताल वा कस्तो अवस्थामा छन् जानकारी पाउन विमला रोई कराई गरिरहेकी छन्।

विमलाको अवस्था बुझ्नका लागि डडेल्धुरा अस्पताल पुगेका आफन्तले पनि उनलाई श्रीमानका बारेमा बताइरहेका छैनन्। खुट्टा र कम्मरमा चोट लागेकी विमला भने आफ्ना श्रीमानका बारेमा जानकारी पाउन आतुर छिन्।

'बस बिग्रेकै थियो। हामीलाई गन्तव्य पुग्नु थियो।' अछाम जानका लागि सोही बसमा आएको अर्का यात्रु विरेन्द्र कार्कीको भनाई छ। उनले भने, 'बाटो भर बसलाई बनाउँदै चलाउँदै गरिरहेका थिए। हरचनको उकालोमा पनि विस्तारै चडेको थियो तर खोड्पे बजार नआउदै खसि हाल्यो।' कार्कीले भने, 'चाँडै डडेल्धुराको स्याउले पुगौंला र अछामको गाडी चढौंला भनेर त्यो बस छोडिएन। तर अहिले अर्को बस कुरेको भए सायद सकुसल नै घर पुगिन्थ्यो होला।'

दुर्घटना भएको बसमा डडेल्धुरा, कैलाली कञ्चनपुर, अछामकासमेत यात्रु थिए। चाडवाडको समयमा सबैलाई घर जान हतार थियो। गाडि बिग्रेको थाहा पाएपनि टिकट लिइसकेकाले छोड्न मनले मानेन। दशाले घेरेको रैछ घाइतेको दुखेसो छ। 

कामको सिलसिलामा दार्चुला पुगेका हर्कबहादुर धामी (घाइते) भन्छन , 'सुरुदेखि नै गाडी बनाइरहेको थियो बाध्यताले चड्यौं। धामी कञ्चनपुरको झलारी जानका लागि गन्नावाट उक्त बस चढेका थिए। दुर्घटनामा घाइते भएका उनी अहिले डडेल्धुरा अस्पतालमा उपचार गरिरहेका छन्।

उनीसँगैअन्य २९ जना घाइते डडेल्धुरा अस्पतालको वेडमा उपचारको पर्खाइमा रहेका छन्। कसैको टाउको, कम्मर, घाटी, हातखुट्टा र शरिरको अन्यभागमा चोटपटक लागेको छ। भने अन्य सिकिस्त घाइते ८ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.