कांग्रेस–कम्युनिस्टका अलग्गै घट्ट

कांग्रेस–कम्युनिस्टका अलग्गै घट्ट

मुगु : फरक राजनीतिक आस्था भएकै कारण कति विभेद सहनुपर्छ भन्ने उदाहरण मुगुमा देखिएको छ। स्थानीयले बहुमत र अल्पमतको आधारमा भौतिक पूर्वाधार बनाउन थालेका छन्। 
राजनीतिक दल र विचार नमिलेपछि छायाँनाथ रारा नगरपालिका– ६ स्थित लिउडी गाउँमा कांग्रेस र कम्युनिस्टले अलगअलग पानीघट्ट निर्माण गरेका छन्। २७ घरधुरी रहेको सो गाउँमा कांग्रेसको बहुमत छ। त्यहाँ कांग्रेस समर्थक १९ घरधुरी छन् भने बाँकी कम्युनिस्ट समर्थक छन्। 

गाउँको पानी घट्ट आफूहरूको रहेको कांग्रेस पक्षधरको दाबी छ। उक्त घट्टमा अन्न पिस्न नदिएपछि कम्युनिस्टहरू मिलेर छुट्टै घट्ट निर्माण गरेका छन्। केन्द्र, प्रदेश र अधिकांश स्थानीय तहमा नेकपाको बहुमत छ। तर, लिउडी गाउँमा भने कांग्रेसको बहुमत भएकाले आफूलाई फरक व्यवहार हुने गरेको नेकपा पक्षधर बताउँछन्। 

एक नेकपा समर्थकले भने, ‘जिल्लाका अन्य गाउँमा त यस्तो खालको राजनीति देखेको छैन, तर यहाँ त हामी थोरै हुँदा हेपिएका छौं। गाउँमा धेरै कांग्रेस छन्, हामीलाई कुनै काममा पनि सहभागी हुन दिँदैनन्।’ गत वर्षमात्र प्रदेश सांसद विकास कोषबाट नेकपाका एक सांसदले सो गाउँलाई दिएको खानेपानीको योजनासमेत कांग्रेस समर्थकले रद्द गरेका उनले बताए। 

अल्पमतमा भएकै कारण आफूहरू गाउँका कुनै पनि सार्वजनिक योजनामा सहभागी हुन नपाएको कम्युनिस्टहरूको दुःखेसो छ। गाउँको पुरानो घट्ट कांग्रेसले आफूहरूको भएको भन्दै अन्न पिस्न नदिएपछि डेढ घण्टा हिँडेर कोटिल्ला गाउँको घट्ट पुग्ने बाध्यता अहिले अन्त्य भएको नेकपा समर्थक रामकुसम सेजुवालले बताइन्। उनले भनिन्, ‘अहिले त हामी कम्युनिस्टका आठ घर मिलेर गाउँमा आफ्नै घट्ट निर्माण गरेका छौं, अब हामीले बनाएको घट्टमा कांग्रेसलाई पनि पिस्न दिन्नौं।’

कांग्रेस पक्षधर प्रेम सेजुवालले भने, ‘जहाँ पनि बहुमतको कदर हुन्छ, तर यहाँ अल्पमतमा रहेका कम्युनिस्टहरूले भने हरेक काममा विरोध मात्र गरे। हरेक निर्णयमा विरोध मात्र हुन थालेपछि बाध्य भएर अलगअलग घट्ट बनाउनु परेको हो, उनीहरू आफैं हाम्रा योजनामा सहभागी हुँदैनन्।’ वर्षौंदेखि एउटै घट्टमा अन्न पिस्दै आएका स्थानीयबीच यसअघिको स्थानीय तह र प्रदेशको निर्वाचनपछि विवाद बढेको हो। कांग्रेस र नेकपा समर्थकले आआफ्नै घट्ट निर्माण गरेको जानकारी आफूलाई नआएको वडाध्यक्ष हर्कबहादुर ऐडीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.