एकै स्थानमा दुई दुर्घटना, ट्याक्सी चालकको मृत्यु

एकै स्थानमा दुई दुर्घटना, ट्याक्सी चालकको मृत्यु

बागलुङ : जिल्लाको पश्चिम ढोरपाटनमा एकै स्थानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आधा घण्टाको फरकमा भएका दुर्घटनामा ट्याक्सी चालकको मृत्यु भएको हो ।

बडिगाड गाउँपालिकाको भिमगिठेदेखि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ५४२ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुबोटमा मंगलबार राति साढे ९ बजे दुर्घटना भएको थियो । दुर्घटनामा बडिगाड गाउँपालिका ६ का २८ वर्षीय चालक नहकुल केसीको मृत्यु भएको हो । 

ट्याक्सी सडकदेखि करिब २ सय मिटर तल बडिगाड खोलामा खसेको थियो । चालकको शव बुधबार बिहान दुर्घटनास्थल भन्दा दुई किलोमिटर तल बडिगाड गाउँपालिका वडा नम्बर ६ को घोपरमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । 

सोही स्थान नजिकै राति १० बजे लु २ ज ९१९९ नम्बरको जीप पनि दुर्घटना भएको छ । 

जीप सडकदेखि १ सय ५० मिटर तल खसेको प्रहरीले बताएको छ । जीपका चालक बडिगाड गाउँपालिका ९ का २२ वर्षीय किरण केसी भने सकुशल छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । 

दुर्घटना भएका गाडीका दुवै चालकले सँगै खाना खाएर गन्तव्य तर्फ लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी रेग्मीले बताए । ‘दुर्घटना भवितव्य हो या अरु कारण भएको भन्नेबारे अनुसन्धान जारी छ’, रेग्मीले भने, ‘जिल्लाबाट थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमा टोली घटनास्थल पठाइएको छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.