दशरथचन्द नगरपालिकामा शनिबारदेखि लकडाउन

दशरथचन्द नगरपालिकामा शनिबारदेखि लकडाउन

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले शनिबारदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिका १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए । 

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइनेछ । यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ । यसैगरी रुखाखोकी, ज्वरोका बिरामीहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ । 

यस्तै नगर क्षेत्रभित्रका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षा बाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, बिवाहमा १० जना मात्रै सहभागी हुन दिने लगायतका निर्णय गरेको छ । 

यस्तै धार्मिक स्थल तथा मन्दिरमा नित्यपूजा बाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णय समेत भएको छ । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ ।

कसैले अत्यावश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको वडा अध्यक्ष भट्टले जानकारी दिए । नगर क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएको र यसको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.