दुर्गममा डाक्टर पाउनै मुस्किल

दुर्गममा डाक्टर पाउनै मुस्किल

बैतडी : जिल्लाको मेलौली नगरपालिका ७ का केशवसिंह भाट २ वर्षअघि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर पाउँदा निकै खुसी भएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि गाउँकै स्वास्थ्य संस्थामा डाक्टर पाउँदा खुसी नहुने कुरै थिएन् । तर भाटजस्ता सैयौं नागरिकको खुसी एक वर्ष मात्रै टिक्यो । 

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरको सरुवा भएपछि अहिलेसम्म डाक्टर आएका छैनन् । 'हामी तल्लोसोराडवासीको अस्पतालको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा साह्रै समस्या भएको छ । समान्य उपचारका लागि अन्यत्र जानुपरिरहेको छ । कोरोनाका कारण भारतीय सीमा पनि बन्द छ,'भाटले भने, 'प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लोसोराडका हजारौं नागरिकलाई समस्या भएको छ ।'

यो समस्याका विषयमा बराम्बार जानकारी गराउँदा समेत केही पहल हुन सकेको छैन् । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टमका लागि समेत समस्या भएको छ । उनले भने, 'डाक्टर नहुँदा अरु सेवा पाउन त समस्या नै छ तर हामीले दु:ख परेका बेला शव बोकेर जिल्ला जानुपर्ने बाध्यता छ।'

संघीय सरकारकै मातहत रहेका बेला पनि डाक्टरबिहीन रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्थानीय सरकार मातहत आएपछि झन् समस्यामा परेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको पदपूर्तिका लागि आवेदन आह्वान गरेपनि डाक्टर पाउन नसकेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए । 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा एक्सरे सेवा, इसिजी सेवा लगायतका सेवा अवरुद्ध छन् । यस्तै स्वास्थ्य बीमा गराएका नागरिकहरुलाई पनि चाहेको सेवा पाउन मुस्किल भएको छ । 

केशरपुरजस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्रको हालत पनि उस्तै छ । सो केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा छन् भने करारका डाक्टर पनि सुत्केरी बिदामा छन् । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । उनले भने, 'डाक्टर नहुँदा समस्या त हुन्छ नै । तर पनि जसोतसो काम गरिरहेका छौं ।'

जिल्ला अस्पातल बैतडीमा पनि दरबन्दीका डाक्टर छैनन् । अस्पतालमा कार्यरत चारैजना डाक्टर करारका हुन् । जिल्ला अस्पातलमा एकजना नवौं तहको विशेषज्ञ डाक्टरको दरबन्दी र तीनजना आठौं तहका दरबन्दी भएपनि सबै अहिले करारमै कार्यरत रहेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । 

डाक्टरकै अभावमा कोभिड अस्पताल सञ्चालनमा आएनन् 

संघीय सरकारले प्रत्येक स्थानीय तहमा तीन महिनाका लागि कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउन बजेट पठाएको भएपनि डाक्टरको अभावमा ती अस्पतालमा सञ्चालनमा आएका छैनन् ।

पुर्चौंडी नगरपालिका बाहेक अन्य स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन नसकेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'स्थानीय तहमा सञ्चालन हुने भनेका कोभिड अस्थायी अस्पतालका लागि डाक्टर नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन् ।'

कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि दशरथचन्द नगरपालिका बाहेकका स्थानीय तहमा १० लाखका दरले बजेट आएपनि डाक्टर नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन् । कोभिड अस्थायी अस्पतालका लागि दुईपटक आवेदन आह्वान गरिसक्दा समेत डाक्टर पाउन नसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.