मास्क लगाएर पठनपाठन

मास्क लगाएर पठनपाठन

तानसेन : पाल्पाका सबै सरकारी तथा निजी विद्यालयमा भौतिक रूपमै पठनपाठन सुरु भएको छ। चालू शैक्षिक सत्रको चार महिना बाँकी रहँदा पाल्पाका १० वटै पालिकाका विद्यालयहरूमा भौतिक रूपमै पठनपाठन सुरु भएको हो। 

पाल्पाका ग्रामीण भेगमा तिहार छट पर्वलगत्तै विद्यालयहरूमा विद्यार्थी भौतिक रूपमै उपस्थित भई पठनपाठन सुरु भएको छ। तानसेन नगरपालिकाले मंसिर २१ गतेदेखि विद्यार्थीको पठनपाठन भौतिक रूपमा सञ्चालन गरेको छ। 

तानसेन नगरपालिकाभित्र विद्यार्थीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आलोपालो प्रणालीबाट पठनपाठनको व्यवस्था गरिएको छ। तानसेनका सरकारी तथा  निजी विद्यालयहरूले कक्षा १ देखि ४ सम्म एउटा सिफ्ट, कक्षा ५ देखि ७ सम्म अर्को सिफ्ट र कक्षा ८ देखि १० सम्म अर्को सिफ्ट बनाएर पठनपाठन सुरु गरेका छन्। विद्यालयमा भीडभाड हुन नदिन जोर गते जोर कक्षा, बिजोर गते बिजोर कक्षा, एक दिन पठनपाठन, एक दिन गृहकार्य गरी पठनपाठन सुरु गरेको जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज ज्ञवालीले बताए।  

बालबालिकामा कोभिड संक्रमण नहोस् भनी पिटी प्रदर्शन, प्रार्थना, साथीभाइसँग अंकमाल, हात मिलाउने, विद्यालयमा खाजाजस्ता कार्यक्रम गर्न तानसेन नगरपालिका शिक्षा शाखाले प्रतिबन्ध लगाएको छ। विद्यालयमा विद्यार्थी पुगेपछि तालिकाअनुसार पठनपाठन गराएर तुरुन्त विद्यार्थीलाई घर पठाउने व्यवस्था गरिएको छ। विगतमा अनलाइनमार्फत पठनपाठन गराए पनि बालबालिकालाई प्रकृतिसँग समायोजन गराउँदै भौतिक दूरी कायम गरेर पठनपाठन सुरु गरेको सेन्ट कपितानियो स्कुलका शिक्षक तुल्सीराम पोखरेलले बताए।  

विद्यार्थीलाई गेटमा ज्वरो चेकजाँच गरेर मात्र विद्यालय प्रवेश दिने, रुघाखोकी लागेका बालबालिकालाई विद्यालय प्रवेश नदिने, विद्यार्थीले अनिवार्य मास्क तथा फेस सिल्डको प्रयोग गर्नुपर्ने, हातमा पञ्जा र सेनेटाइजर हुनुपर्ने जस्ता प्रावधान अनिवार्य गरिएको छ। भौतिक तथा सामाजिक दूरी कायम गरी, स्वास्थ्यका मापदण्ड अपनाएर, जोर बिजोर प्रणालीबाट अभिभावकको समेत मञ्जुरीनामा लिएर, कम जोखिम भएका स्थानहरूमा पालिका नीति नियमभित्र रहेर जिल्लाका अधिकांश विद्यालयमा भौतिक तथा अनलाइन विधिबाट पठनपाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका इकाइ प्रमुख रमेशराज पौडेलले बताए। लामो समय घरमा बस्दा दिक्क भएका बालबालिका पनि विद्यालय खुलेपछि खुसी भएका छन्। बालबालिका रमाउँदै विद्यालयमा पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.