सेयर लगानीमा सजगता

सेयर लगानीमा सजगता

आइतबार एक सय २३ दशमलव ३४ प्रतिशत घटेको सेयर बजार सोमबार ७२ अंक बढेर बन्द भयो। एक दिन वर्षे भेलको गतिमा बजार बढ्ने र अर्को दिन सोही भेलले पहिरोले निम्त्याएको पहिरोले संकट उत्पन्न गराएको शैलीमा घट्ने बजारको उदारचढाबले लगानीकर्ताहरूमा त्रास सिर्जना भएको छ। सेयर बजार ऐतिहासिक उचाइमा पुग्छ भन्ने यस क्षेत्रका जानकारको अड्कलबाजीलाई नै चुनौति दिनेगरि बजारमा अदलबदल देखिएको छ। बजारको अप्राकृति गतिका कारण लगानीकर्ताहरू दोधारमा परेका छन्। बाठा लगानीकर्ताहरू यही अबस्थामा पनि कुस्त नाफा कमाउन सफल भएका छन्। यो समयमा साना र नयाँ लगानीकर्ताहरूले भने विशेष होसियारी अपनाएर बजारमा कारोबार गर्नुपर्छ। 

सेयर बजारमा पछिल्ला एक महिनाको अवधिमा २५ प्रतितशको हाराहारीमा वृद्धि भएको छ। बजार अहिले ऐतिहाँसिक विन्दुमा पुगेर रोकिएको छ। नेप्से परिसुचकदेखि कारोबार भएका रकमले समेत यसअघिका सबै रेकर्ड तोकिसकेको छ। बजार यसपटक ऐतिहाँसिक विन्दुमा पुग्छ भन्नेमा लगानीकर्ताहरू करिव करिव विश्वस्त नै थिए र छन् पनि। तर अलि असुहाँउदो गतिमा भइरहेको तलमाथिले कतै बजारमा सिमित लगानीकर्ताको चलखेर भएको त होइन भन्ने शंसय पैदा भएको छ। किनकी सिमिति कम्पनीको बजार भाउ नसोंचेकै गतिमा बढिरहने तर धेरै लगानीकर्ताको रोजाइ रहेको र सेयर बजारमा सबैभन्दा बलियो उपस्थिती जनाइरहेका कम्पनिहरूको भाउ भने बजार ऐतिहाँसिक विन्दुमा पुग्दा पनि जहीकोतही हुनुले यस्ता शंकालाई थप बल पु¥याएको छ। यतिखेर नेप्सेमा सुचिकृत सबै समूहको बजार भाउ कुल सुचककको तुलनामा मनग्य बढेपनि बैंकिङ समूहको सुचककमा उल्लेख्य वृद्धि हुन नसक्नु यसको ज्वलन्त उदाहरण हो। चलखेल गर्नेहरू कुन दिन कुन समूहतर्फ लगानी गर्न आकिर्षत हुन्छन् भन्ने भेउ नपाउने लगानीकर्ताहरू यो समस्याबाट सबैभन्दा बढी प्रताडित छन्। बजारको गतिलाई कसैले पनि रोक्न नसक्ने हुनाले लगानीकर्ताहरू आफै सजग भएर कारोबार गर्नु नै यो समस्याबाट उन्मुक्ति पाउने सबैभन्दा राम्रो उपाय हो।

 यस्तो अवस्थामा लगानी गर्नुअघि सम्बन्धित कम्पनीको वित्तिय अवस्था विश्लेषण गर्नु महत्वपूर्ण पक्ष हुन आउँछ। किनकी बजारको तिब्र उदारचढाबको प्रभाव नपर्ने तर आफ्नो एकनासे गतिमा हिंडिरहने कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ। गत साउनमा जारी गरिएको मौद्रिक नीतिले धितोमा राखिएको सेयर मूल्यको  ६५ प्रतिशतसम्म ऋण दिन सकिने पुरानो व्यवस्थालाई बढाएर ७५ प्रतिशतसम्म पु¥याएको थियो। यो व्यवस्था कार्यान्वयनपछि १ हजार ४ सयको हाराहारीमा रहेको बजार सूचकले सजिलै दुइ हजार अंक पार गरेको थियो। नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति समिक्षाको क्रममा सेयर धितो कर्जाको विद्यमान व्यवस्थामा परिवर्तन हुनसक्ने हल्ला फैलिएकोले आइतबार बजार इतिहाँसमै सबैभन्दा धेरै अंक घटेको थियो। तर सो विषयमा अर्थमन्त्रिले समेत राष्ट्र बैंकका अधिकारीलाई सम्पर्क गरेर सेयर धितो कर्जामा नियन्त्रणमुखी नीति नअपनाउन निर्देशन दिएको सोमबार फेरि एकाएक बजार बढेको हो। दैनिक अर्बौ रुपैंयाको कारोवार हुने बजारमा नकारात्मक प्रभाव पार्नेगरि जिम्मेवार निकायकै अधिकारीबाट अभिव्यक्ति आउँदा लगानीकर्ता कसरी डुब्छन् भन्ने आइतबारको घटनाले पुष्टि गरेको छ। सानो सूचनाका कारण लगानीकर्ताले दैनिक अर्बौ रुपैंया गुमाउनुपर्ने अवस्था आयो। 

यस्तो सम्बेदनसिल विषयमा जिम्मवार निकायले होसियारी अपनाएर बोल्नुपर्छ। बरु बजारमा देखिएका समस्या समाधानका लागि उचित पहल गर्नेतर्फ ध्यान दिनुपर्छ। लगानीकर्ताले सेयर बेचेवापत बेलैमा भुक्तानी नपाएका तथा सेयर किन्दा तोकिएको समयमा खातामा नआएका लगायतका समस्या समाधानमा चासो नदिएर बजारलाई प्रभावित पार्ने हल्ला मात्र फिजाउने प्रवृत्तिमा सुधार आउनुपर्छ। बजारमा देखिएको चलखेललाई नियन्त्रणतर्फ ध्यान दिनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.