उपत्यकाका स्कुल खोलिँदै

उपत्यकाका स्कुल खोलिँदै

काठमाडौं : उपत्यकाका स्थानीय तहहरूले विद्यालयमा भौतिक उपस्थिति गराएरै कक्षा सञ्चालनको तयारी गरेका छन्। शिक्षा मन्त्रालयले कोभिड—१९ संक्रमणका कारण बन्द विद्यालय स्थानीय तहले निर्णय गरी सञ्चालन गर्न दिने भएपछि विद्यालय खोल्ने तयारी थालेका हुन्।

ललितपुर महानगरपालिकाले पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले तोकेको मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। ‘हामीले पुस १ गतेदेखि खोल्ने निर्णय गरेका छौं’, प्रवक्ता महर्जनले भने, ‘मापदण्ड अपनाएर खुलाउने तयारी गरेका छौं। अहिले त्यसैको छलफलमा छौं।’ 

महानगरभित्र सामुदायिक विद्यालयमा पढ्ने १६ हजार विद्यार्थी छन्। विद्यालय खुल्दा सबै विद्यार्थीको सुरक्षाको चुनौती देखिएको छ। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई महानगरपालिकाकै कोषबाट सुरक्षा सामग्री उपलब्ध गराउने तयारी रहेको प्रवक्ता महर्जनले बताए। काठमाडौं महानगरपालिकाले सरोकारवालासँग छलफल गरिरहेको मेयर विद्यासुन्दर शाक्यले बताए। महानगरपालिकामा अहिले ६ सय ४१ वटा संस्थागत र ९१ वटा सामुदायिक विद्यालय छन्। सामुदायिक र संस्थागत सबै विद्यालय सञ्चालन गर्न अवस्था कस्तो छ भनेर छलफल चलाइरहेको मेयर शाक्यले बताए। ‘हामी अहिले छलफल गरिरहेका छौं,’ उनले भने, ‘हामी निर्णय गरेर सञ्चालन गरौं भनौंला। तर विद्यालयले धान्ने अवस्था नहोला। त्यसैले सबै विद्यालयहरूका प्रधानाध्यापकहरूसँग स्वास्थ्य र सुरक्षाका विषयमा छलफलमा छौं। छलफलपछि कस्तो मोडालिटीमा सञ्चालन गर्ने भन्ने निष्कर्ष निस्किन्छ।’ उनले पुरानै मोडालिटीमा सबै विद्यार्थीलाई एकसाथ राखेर पढाउन भने नसकिने बताए। ‘पुरानै स्वरूपमा हामी पढाउँदैनौं’, उनले भने, ‘सकिँदैन पनि। विद्यार्थीलाई कक्षागत हिसाबले फरक दिन पारेर वा आधालाई एकदिन पारेर कसरी हुन्छ नयाँ तरिकामा हामी जान्छौं।’

भक्तपुर नगरपालिकाले पनि मातहतका विद्यालय खोल्ने तयारी गरेको छ। भक्तपुरमा ३५ सामुदायिक र ५७ वटा संस्थागत विद्यालय छन्। ठूलो कक्षाबाट आलोपालो गर्दै विद्यार्थीलाई भौतिक रूपमै उपस्थिति गराएर विद्यालय खोलिने मेयर सुनील प्रजापतिले बताए। ‘ठूलो कक्षाबाट सुरु गरेर खोल्छौँ। मापदण्ड अपनाएर, कक्षाहरू आलोपालोमा सञ्चालन गर्ने योजना बनाएका छौँ’, उनले भने। केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न सुरु पनि गरिसकेका छन्। गोदावरी नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा विद्यालय सञ्चालन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.