योमरी चखाएर सन्तोष साह पुगे बीबीसी मास्टर सेफको फाइनलमा
काठमाडौं : नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त 'बीबीसी मास्टर सेफ यूके–२०२०' प्रतियोगिताको फाइनल राउन्डमा प्रवेश गरेका छन् । उनीसँग अब ६ जना प्रतिस्पर्धी मात्र छन्।
सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका साहले 'बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा नेवारी परिकार योमरी बनाएका थिए। उनले निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत इन्डो चाइनिज परिकार र अचार समेत बनाएर खुवाएका थिए।
आफू योमरी बनाएर सेमिफइनलमा पुगेपछि सन्तोसले सामाजिक संजालमा खुसी पोखेका छन्। उनले योमरीको स्वाद र यससँग जोडिएको चाडबाड र बनाउन तरिकासमेत उल्लेख गरेका छन्।
उनले नेपाली खाना विश्व जगत्लाई चिनाउने आफ्नो धोको रहेको बताएका छन्।