प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६३ अंकले घटेर २६४२.३० विन्दुमा पुगेको छ।
यो समयमा ६५ स्क्रिप्सको १५ हजार ६२१ कित्ता सेयर १ करोड ५ लाख ७२ हजार ५४० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाकै घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !