कोभिड अस्थायी अस्पतालका लागि डाक्टर पाउनै मुस्किल

कोभिड अस्थायी अस्पतालका लागि डाक्टर पाउनै मुस्किल

बैतडी : संघीय सरकारले प्रत्येक स्थानीय तहमा तीन महिनाका लागि कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न बजेट पठाएको भए पनि डाक्टरको अभावमा बैतडीका स्थानीय तहले अस्पताल सञ्चालन गर्न सकेका छैनन्। जिल्लाको पुर्चौंडी नगरपालिका बाहेकका स्थानीय तहहरुले अझै डाक्टर नपाएको बताएका छन्। 

केही स्थानीय तहहरुले स्टाफ नर्स मात्रै भर्ना गरेर अस्पातल सञ्चालनमा ल्याएका छन्। डाक्टरका लागि आवेदन आह्वान गर्दा समेत डाक्टर नपाएपछि स्टाफ नर्स मात्रै भर्ना  गरेर अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। उनले भने, ‘हामीले आवेदन आह्वान गर्दा समेत चिकित्सक नपाएपछि स्टाफ नर्स मात्रै राखेर अस्पातल सञ्चालन गरेका छौं।’

जिल्लाको मेलौली नगरपालिकाले पनि कोभिड अस्थायी अस्पातल सञ्चालनको लागि जनशक्ति नपाएको जनाएको छ। आवेदन आह्वान गर्दा स्टाफ नर्स र डाक्टरको आवेदन नपरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। उनले भने,  ‘एक महिनाको म्याद राखेर आवेदन आह्वान गर्दा समेत जनशक्ति पाइएन। त्यसैले अस्पताल सञ्चालनमा आउन सकेको छैन।’

जिल्लाको पाटन नगरपालिकाले पनि कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि डाक्टर नपाएको जनाएको छ। अन्य कर्मचारी पाइए पनि डाक्टर नहुँदा अस्पातल सञ्चालनमा समस्या भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।

यस्तै डिलाशैनी गाउँपालिकाले केही दिनभित्रै अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशसिंह बोहराले जानकारी दिए। जिल्लाको शिवनाथ गाउँपालिकाले पनि जनशक्तिका लागि आवेदन आह्वान गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए।

जिल्लाको सुर्नया गाउँपालिकाले पनि अस्पातल सञ्चालनका लागि डाक्टर नपाएको जनाएको छ। स्टाफ नर्स भर्ना गरिसकेकाले अस्पातल सञ्चालनको तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए। जिल्लाको पञ्चेश्वर गाउँपालिकामा पनि कोभिड अस्थायी अस्पताल सञ्चालनमा नआएको प्रवक्ता दशरथ मंगोलाले जानकारी दिए। जिल्लाको सिगास गाउँपालिकाले पनि स्टाफ नर्स मात्रै भर्ना गरेर अस्पातल सञ्चालन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकासिंह धामीले बताए। आवेदन आह्वान गर्दा समेत डाक्टर नपाएको उनले बताए। 

प्रत्येक स्थानीय तहमा ३ महिनाका लागि कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न संघीय सरकारले १० लाखका दरले बजेट पठाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.