बैतडीमा जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

बैतडीमा जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान ५ बजेतिर जयपृथ्वीराज मार्गअन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका- ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। 

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए । बैतडीको पुर्चौड नगरपालिका-४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जीप सडकबाट करीब १५० मिटर तल खसेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.