केन्द्रीय कार्यसमिति बैठकअघि पौडेल पक्षको छुट्टै भेला

केन्द्रीय कार्यसमिति बैठकअघि पौडेल पक्षको छुट्टै भेला

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले छुट्टै भेला गरेका छन्। बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि अनामनगरमा बसेको पौडेल पक्षको भेलाले केन्द्रीय समिति नलम्ब्याउन देउवालाई दबाब दिने निष्कर्ष निकालेको छ । 

सभापति देउवा निकट नेताहरु संसद विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतमा सुनावाइ सुरु भएकाले आन्दोलनमा जान हतार गर्न नहुने पक्षमा छन्। तर, वरिष्ठ नेता पौडेल पक्ष भने तत्काल सडक संघर्षमा जानुपर्ने बताउँदै आएको छ।

आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई तत्काल सडक संघर्षमा जान दबाब दिन पौडेल पक्षले भेला बोलाएका हुन्। सरकारको असंवैधानिक कदमविरुद्ध चुप रहे निर्वाचनमा जनताबीच कुन एजेण्डा लिएर जाने भन्दै पौडेल पक्ष अदालतको निर्णय कुरेर बस्ने पक्षमा छैन।

 
यसै विषयमा बुधबारको बैठकमा दुवै पक्षका नेताहरुबीच चर्काचर्की परेको थियो। कांग्रेसको केन्द्रीय कार्यसमितिमा ७१ सदस्य छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.