संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलनको घोषणा
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले शसक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
भोलिबाटै आन्दोलन सुरु गर्ने भएपनि देशव्यापी प्रदर्शन भने १४ गते गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए । प्रदर्शन काठमाडौं केन्द्रित हुने उनले बताए ।
यस्तै आजको बैठकले आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाएको छ। यस्तै आजको बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने पनि निर्णय गरेको छ।
यता ओली समूहको पनि केन्द्रीय कार्यसमिति बैठक बसेको छ। मन्त्रिमरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसविरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय प्रचण्ड समूहले गरेको हो।