बलात्कार घटना मिलाउने वडा अध्यक्ष सहित ५ जना धरौटीमा रिहा

बलात्कार घटना मिलाउने वडा अध्यक्ष सहित ५ जना धरौटीमा रिहा

बैतडी : बैतडीमा बलात्कार मुद्दा मिलाएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित ५ जना धरौटीमा रिहा भएका छन्। सो घटनामा एकजना भने समान्य तारेखमा रिहा भएका जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराले जानकारी दिए।

जिल्ला न्यायधीश तीलकबहादुर कार्कीको एकल इजलासमा बुधबार भएको थुनछेक बहसपछि ५ जना जनही ५० हजार धरौटी र एकजना समान्य तारेखमा रिहा भएका श्रेष्तेदार बोहराले जानकारी दिए।

सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद, स्थानीयहरु अमरसिंह धामी, मनोजसिंह धामी, राजेन्द्रसिंह धामी र नरबहादुर धामी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका हुन्। स्थानीय गोपालसिंह धामी भने समान्य तारेखमा रिहा भएका छन्। 

जबरजस्तीकरणी तथा सार्वजनिक न्याय विरुद्धको कसुरमा पक्राउ परेका उनीहरु रिहा भएका हुन्। सो घटनाका मुख्य आरोपी सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका छन्। 

सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको भए पनि गएको महिनामात्रै सो घटना बाहिर आएको थियो। सो घटना बाहिर आएपछि घटना गाउँमै मिलाउन खोज्ने वडा अध्यक्ष सहितका ६ जनालाई प्रहरीले गत महिना पक्राउ गरेर मुद्दा दायर गरेको थियो। 

पीडितका आफन्तलाई एकतोला सुन दिने भन्दै घटना गाउँमै मिलाउन खोजिएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको बुझिएको छ। बैतडीमा लकडाउनपछि बलात्कार जस्ता जघन्य अपराधका ८ ओटा घटना प्रहरीमा आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.