२४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण, ९ को मृत्यु, ८९२ डिस्चार्ज
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ। स्वाबको पीसीआर परीक्षण गराउँदा जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै शुक्रबार ८९२ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४८ हजार २९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ७ हजार ९२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार मात्र कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।
यस्तै अहिले ३६९ जना क्वारेन्टिन र ७ हजार ९२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।