उपत्यकामा थपिए २७९ जना कोरोना संक्रमित

उपत्यकामा थपिए २७९ जना कोरोना संक्रमित

काठमाडौं : शुक्रबार काठमाडौं उपत्यकामा थप २७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा ११५ महिला र १६४ पुरुष हुन्। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित थप ६०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ।  स्वाबको पीसीआर परीक्षण गराउँदा जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै शुक्रबार ८९२ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४८ हजार २९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ७ हजार ९२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार मात्र कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ३६९ जना क्वारेन्टिन र ७ हजार ९२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.