पाथिभरामा फैलियो डढेलो

पाथिभरामा फैलियो डढेलो

ताप्लेजुङ : जिल्लाको पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो फेरि फैलिएको छ। बिहीबारदेखि लागेको डढेलो आइतबार केही नियन्त्रणमा आएपनि सोमबार बिहानबाट पुन: फैलिएको हो। 

आगो मन्दिरसम्मै पुगेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । मन्दिर र आसपासका धर्मशाला जोगाउन सिम्रिक एयरको हेलिकोप्टर मगाइएको उनले बताए । 

हेलिकोप्टरबाट पानी हानेर मन्दिर परिसर बचाउने तर जङ्गलको आगो भने नियन्त्रणमा लिन असम्भव रहेको पाथिभराका कर्मचारी राजेन्द्र महतको भनाइ छ। आगो निभाउन पाँच दिनदेखि तीनवटै सुरक्षा निकाय, पाथिभराका कर्मचारी र स्थानीय खटिएका छन्। डढेलोले सिरिजङ्घा ३ ढांडेमा रहेको चौंरी गोठसमेत जोखिममा परेको गोठका कालू शेर्पाले बताए ।पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो । तस्बिर : रासस

पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो । तस्बिर : रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.