खुमलटारमा प्रचण्ड र वामदेवबीच छलफल

खुमलटारमा प्रचण्ड र वामदेवबीच छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।  प्रचण्डलाई भेट्न गौतम शुक्रबार बिहान करिब खुमलटार पुगेका थिए। 

राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्। आजबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुँदैछ। राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड-नेपाल समूहका सदस्यहरूले प्रतिनिधिसभा विघटनविरूद्ध ससक्त आवाज उठाउने बताएका छन्। 

यसअघि पनि प्रचण्ड र गौतमबीच पटक-पटक भेटवार्ता भएको थियो। नेकपा विभाजन पछि गौतम कुनै समूहमा गएका छैनन् । उनले अहिलेसम्म आफ्नो कित्ता  क्लियर गरेका छैनन्। 

गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले अपत्यासित रुपमा संसद विघटन गरेकोमा विमति जनाएका छन्। यसअघि प्रचण्डले गौतमसँग आफूलाई साथ दिन आग्रह गरेका थिए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.