बैतडीमा १८ विद्यालयका नयाँ भवन बन्ने

बैतडीमा १८ विद्यालयका नयाँ भवन बन्ने

बैतडी : बैतडीमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यो वर्ष १८ ओटा नयाँ विद्यालय भवन निर्माण हुने भएका छन्। सामाजिक विकास कार्यालय मार्फत १० ओटै स्थानीय तहका विभिन्न विद्यालयमा ४ कोठे र २ कोठे भवन निर्माण हुने सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले जानकारी दिए।

चालु आर्थिक वर्षमा ९ ओटा चारकोठे, ९ ओटा दुई कोठे, एक पुस्तकालय भवन, ५ घेरबार, २ छात्रा शौचालय, ५ सूचना प्रविधि केन्द्र भवन र एक विद्यालय भवनको मर्मत गरिने जोशीले जानकारी दिए। नयाँ भवन निर्माणका लागि सम्बन्धित विद्यालयहरुसँग सम्झौता गरेर काम सुरु गरिसकेको जोशीले बताए। ४ कोठे भवनका लागि ४० लाख, २ कोठे भवनका लागि २० लाख, पुस्तकालय भवन निर्माणका लागि २० लाखका दरले बजेट विनियोजन भएको उनले बताए। 

यस्तै घेरबार, छात्रा शौचालय निर्माण, मर्मत सम्भार र सूचना प्रविधि केन्द्र भवन निर्माणका लागि ५ लाखका दरले बजेट आएको जोशीले बताए। चारकोठे नयाँ भवन अन्तर्गत सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २-२, डिलाशैनी, शिवनाथ,सिगास, पाटन र पुर्चौंडीमा १-१ भवन बन्नेछन्। यस्तै दुईकोठे नयाँ भवन अन्तर्गत मेलौलीमा २, पुर्चौंडीमा २, सुर्नयामा २, पञ्चेश्वर,डिलाशैनी र सिगासमा १-१ भवन बन्ने छन्। 

यसैगरी २० लाखको लागतमा पाटनको उदयदेव मावि किम्तोलीमा पुस्तकालय भवन निर्माण हुनेछ भने दोगडाकेदार गाउँपालिकामा ३, डिलाशैनी र पाटनमा १-१ ओटा सूचना प्रविधि केन्द्र भवन निर्माण हुने सामाजिक विकास कार्यालयले जनाएको छ। यस्तै विद्यालयको घेरबारतर्फ दोगडाकेदार, दशरथचन्द नगरपालिका, सिगास, मेलौली र पुर्चौंडीका १-१ ओटा विद्यालय छनौट भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.