डाटाबाट नेट प्रयोग उच्च

डाटाबाट नेट प्रयोग उच्च

काठमाडौं : नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड)को प्रयोग गर्ने दर उच्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ३९ लाख २१ हजार १ सय ८० छन्। करिब एक चौथाइ प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्।

प्राधिकरणका अनुसार मोबाइल डाटाबाट इन्टरनेट चलाउने १ करोड ७५ लाख ७५ हजार ४ सय १९ जना छन्। तथ्यांकअनुसार फिक्स इन्टरनेट प्रयोग गर्ने ६३ लाख ४५ हजार ७ सय ६१ छन्। यसमा तारको मद्दतबाट ब्रोडब्यान्ड प्रयोग गर्ने ६१ लाख १९ हजार ९९ छन् भने बिनातार अर्थात् वायरलेस ब्रोडब्यान्ड प्रयोग गर्ने २ लाख २६ हजार ६ सय ६२ छन्। ब्रोडब्यान्ड चलाउनेमध्ये मोबाइल ७३ प्रतिशत, फिक्स वायर २६ प्रतिशत र फिक्स वायरलेस १ प्रतिशत छन्।

सहज प्रविधि र मोबिलिटीका कारण मोबाइल डाटाबाट इन्टरनेट प्रयोग गर्ने धेरै देखिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। पछिल्लो समय नेपालमा स्मार्टफोन प्रयोगकर्ता पनि बढेका छन्। स्मार्टफोनमा  सहजै इन्टरनेट चलाउन सकिन्छ। सिम किन्यो, डाटा अन गर्‍यो इन्टरनेट चलिहाल्छ। फिक्स इन्टरनेटको प्रयोग बढ्ने गरी नेपालमा आवश्यक पूर्वाधारको विकास भइसकेको छैन। भौगोलिक जटिलता र महँगो लागतले गर्दो धेरै पहाडी र हिमाली जिल्लामा फाइबर सेवाको विस्तार हुन सकेको छैन। 

प्राविधिक रूपमा पनि मोबाइल डाटाको प्रयोगबाट इन्टरनेट चलाउन सहज छ। ‘मोबाइल टावरको कभरेज धेरै हुन्छ। घर तथा बाहिर जता पनि मोबाइल डाटा प्रयोग गर्न सकिन्छ’, प्रवक्ता अर्यालले भने, ‘फाइबर इन्टरनेट निश्चित स्थानमा बसेर चलाउनुपर्ने हुन्छ।’ सहज पहुँच र कभरेजका कारणले पनि मोबाइल डाटा प्रयोगदर उच्च देखिएको अर्यालले बताए। 

उपभोक्ताका लागि आर्थिक हिसाबले मोबाइल डाटाको तुलनामा फाइबर इन्टरनेट सस्तो पर्छ। मोबाइल नेटवर्क भएको हरेक स्थानमा डाटा उपयोग गर्छ सकिन्छ। पछिल्लो समय तराई तथा सहरी क्षेत्र फाइबर इन्टरनेट प्रयोगकर्तामा वृद्धि भइरहेको उनले बताए। नेपालमा तीन वटा कम्पनीले मात्र मोबाइल इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। ती हुन्, एनसेल, स्मार्ट र नेपाल टेलिकम। 

नेपाल टेलिकमको मोबाइल इन्टरनेट प्रयोगकर्ता धेरै छन्। टेलिकमको हिस्सा ६० प्रतिशतभन्दा धेरै छ। टेलिकमको प्रयोगकर्ता १ करोड ६ लाख १९ हजार १ सय ४३ जना छन्। एनसेलको ६७ लाख ५६ हजार ५ सय १५ र स्मार्टको १ लाख ९९ हजार ७ सय ६१ जना छन्। एनसेल र स्मार्टको मोबाइल इन्टरनेट मात्र छ, भने नेपाल टेलिकमको एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन  र वाइम्याक्स सेवा पनि छ। 

मोबाइल डाटा चलाउने मध्येपनि फोरजीका प्रयोगकर्ताहरू ६३ लाख ३२ हजार १ सय ९४ जना छन् भने सबैभन्दा धेरै थ्रीजी चलाउने १ करोड ११ लाख ६ हजार ६ सय ५२ जना छन्।

फोरजीका उपभोक्तामध्ये ४० लाखभन्दा धेरै प्रयोगकर्ताले एनसेलको सेवा लिएका छन् भने १ लाख ९९ हजार ७ सय ६१ जनाले स्मार्टको सेवा लिएका छन्। बाँकी भने नेपाल टेलिकमको फोरजी सेवा चलाउने गर्छन्। यस्तै थ्रीजीमा इन्टरनेट चलाउने उपभोक्तामध्ये ८४ लाख ३२ हजारभन्दा धेरै नेपाल टेलिकमका ग्राहक छन्भने बाँकी एनसेलका प्रयोगकर्ता छन्। 

कुल नेपालको इन्टरनेट उपभोक्तामा पनि नेपाल टेलिकम अग्रस्थानमा छ।  १ करोड १९ लाख ३३ हजार ९ सय ५५ जनाले टेलिकमबाट इन्टरनेट चलाउँछन्। इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी) का ५० लाख ३० हजार ९ सय ४९ प्रयोगकर्ता छन्। आईएसपीएस तथा फिक्स एक इन्टरनेट बराबर चार जना प्रयोगकर्ता मानिन्छ। नेपाल टेलिकमको फिक्स इन्टरने १३ लाख १४ हजार ८ सय १२ स्थानमा जडान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.