'प्रधानमन्त्रीको अराजकशैलीको पार्टीभित्र विरोध भएकै हो'

'प्रधानमन्त्रीको अराजकशैलीको पार्टीभित्र विरोध भएकै हो'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीको अराजकशैलीको पार्टीभित्र विरोध भएको बताएका छन्। संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

संविधानमा प्रष्ट व्याख्या गरिएको विषयको हेक्का नगरिकन प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकमा अराजक फैलाएको आरोप समेत लगाए। ओलीसँगको करिब ४ दशक लामो यात्राको स्मरण गर्दै नेता नेपालले भने, 'प्रधानमन्त्रीले राम्रो संस्कार दिनसक्नु भएन। विपक्ष दलका नेताहरुलाई भनेका वाणहरुले हामीलाई पोल्ने गर्छ। ओलीको विरुद्धमा लाग्नेहरुलाई त एक एक गरी सिध्याउने उहाँको रणनीति नै छ।'

'केपी ओलीले मलाई काम गर्न दिइएन, घेरा बन्दी गरियो। मेराविरुद्ध षडयन्त्र गरियो। त्यसैले प्रतिनिधिसभा विघटन गर्न बाध्य भए भन्नुभाको छ। उनले भने,' उहाँको  अराजकशैलीले संसद विघटन भएको हो।'

संविधानमा प्रस्ट व्याख्या गरिएको विषयको हेक्का नगरिकन संसद विघटन गर्ने दोष अरुलाई लगाउने ओली प्रवृत्तिविरुद्ध सडकमा उत्रिन सबै दलहरुलाई  आग्रह गरे। 'संविधान, गणतन्त्र, लोकतन्त्र र समावेशीतालाई जोगाउने कि नजोगाउने। जोखिम यहाँ आएको छ। उनले भने,' यहाँ त बुढी मरी भन्ने चिन्ता होइन,काल पल्कियो भन्ने चिन्ता भयो।' 

४८ वर्षसम्मको सहयात्रा तोडेर प्रचण्डसँग मिलेको प्रशंस निकाल्दै उनले प्रचण्डलाई ओलीसँग तुलना समेत गरेका थिए । यस क्रममा नेता नेपालले प्रचण्डलाई ओली भन्दा धेरै ठीक भएको बताए । उनले भने,' ओलीभन्दा प्रचण्ड निकै 'फार बेटर'।'

 संसद विघटन गरेर केपीबाट असंवैधानिक कदम चालिएको भन्दै उनले प्रतिनिधिसभाको हत्या गर्न खोजिएको आरोप  समेत लगाए।  'ओलीबाट प्रतिनिधिसभाको हत्या गर्न खोजिएको छ। उहाँ प्रतिनिधिसभामाथि सवार हुनुहुन्छ घाँटी अठयाएर, 'उनले भने,' तर पनि उहाँका विरुद्ध सिंगो जनमत र राष्ट्रिय र अन्तराष्ट्रिय जनमत एकवद्धता छ।'

उनले प्रचण्ड र नेपाल जहाँ छ त्यहाँ नेकपा रहेको दावी गरे। 'एकजना अध्यक्ष हुनुहुन्थ्यो, लोकतन्त्रमाथि धावा दिनुभयो। स्वेक्षाचारी शासकको चरित्र देखाउनुभयो । यसैले पार्टीले उहाँलाई अनुशासनको कारवाही गरेर अध्यक्षबाट हटाइसकेको छ, बर्खास्त गरिसकेको छ।'

प्रधानमन्त्री ओली गणतन्त्र विरोधी रहेको भन्दै अध्यक्ष नेपालले जसले बच्चा जन्माउँछ त्यसलाई बच्चाको माया लाग्ने कटाक्ष गरे। ' उहाँ गणतन्त्र विरोधी हुनुहुन्छ।  जसले गणतन्त्र जन्मायो उसलाई गणतन्त्रको माया लाग्छ। नजन्माएकालाई के को माया ? तैपनि उहाँ अध्यक्षको पदमा आसिन हुनुभयो। हामी सबै धुरु धूरु रुएर बस्यौं। कहिलेकाही नचिताएको कुरा हुँदो रहेछ।

संसद पुन:स्थापित हुनेमा आफू ढुक्क भएको उनले बताए। उनले भने,' सर्वोच्चका न्यायमूतिहरुले ठीक व्याख्या गरेर सही निर्णय गर्नुहुनेछ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.