सर्लाहीको चक्रघट्टामा कुटाकुट, दुईजना घाइते

सर्लाहीको चक्रघट्टामा कुटाकुट, दुईजना घाइते

मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सेड खाली गराउँदा भएको विवादमा कुटाकुट भएको छ। कुटाकुटमा दुईजना घाइते भएका छन्।

गाउँपालिकाले कार्यालय नजिकै रहेको बजारस्थित गाउँपालिकाको सेड खाली गर्न खोज्दा व्यापारीले नमान्दा काले कुटाकुट भएको दाबी गरेको छ। घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।

प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट गाउँपालिकाको ना १ झ १७०० नम्बरको स्कोर्पियो र ३ मोटरसाइकल क्षति पुगेको छ। स्कोर्पियोमा रहेको ल्यापटप, ५ वटा ट्याब र गाउँ सभाका रजिस्टर समेत लुटेर लगेको अध्यक्ष रायले दाबी गरेका छन्। गाउँपालिका अध्यक्षको कोठा र प्रशासकिय अधिकृतको कोठाका दराज फोडेर कागजातहरू लुटिएको उनको आरोप छ।

चक्रघट्टा गाउँपालिका-६ गोइयाहीका रामजिनिस साहले ८ वर्षदेखि सेडमा लेथ मेसिन राखेका थिए। साहले सेड खाली नगर्दा विवाद र कुटाकुट भएको गाउँपालिकाले आरोप लगाएको छ।

व्यवसायी साहका छोरा रवि साहले राजनीतिक रिसइबीका कारण गाउँपालिकाका अध्यक्ष विक्रम रायले आफूहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाए। '८ वर्षदेखि हामी मेसिन राखेर व्यवसाय गर्दै आएको थियौं। सेडमा अरू पसल पनि छन्,' ठगा भनेर चिनिने रविले भने, 'तर अरू कसैलाई खाली नगराई हामीलाई मात्र खाली गराउन खोजियो।'

बोर्डबाट निर्णय गराएर ल्याउन आफूहरूले गाउँपालिका अध्यक्ष रायसँग आग्रह गरेको उनले बताए। उनले आरोप लगाए, 'तर अध्यक्ष रायले बिहीबार अचानक बुबालाई गाउँपालिकामा बोलाएर अभद्र व्यवहार गरे।' गाउँपालिका अध्यक्षले केही मानिस पठाएर एक्लै भएको बेला साहलाई कुटपिट गरी गम्भीर घाइते बनाएको उनले आरोप लगाए। सर्लाही अस्पतालमा घाइते साहको उपचार भइरहेको छ।

साहलाई आफूले कुटपिट नगरेको अध्यक्ष यादवको दाबी छ। उनले सेडको बहानामा राजनीतिक कारणले गाउँपालिका कार्यालयमा साहको समूहले आक्रमण गरेको उनले आरोप लगाए। 'सेडमा अस्पताल बनाउनुपर्ने भएकोले खाली गर्न आग्रह गरेका थियौं। उहाँले बेवास्ता गर्नुभयो। 'पत्र पनि पठाएका थियौं,' उनले भने, 'पत्रको कुनै मतलब नगरी अटेर गर्दै आउनुभएको थियो।' वडा नम्बर ७ का नविन रायको औंला भाँचिएको अध्यक्ष रायले बताए।

घाइते रायले भने कांग्रेसको भेलामा अचानक आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्। उनले ४÷५ सय कांग्रेस कार्यकर्ताले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.