काठमाडौं उपत्यकामा थपिए २४६ जना कोरोना संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा बिहीबार थप २४६ जनालाई कोरोना संक्रमण देखिएको छ। ११० महिला र १२० पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १६१ महिला र २४२ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । जसमध्ये २ लाख ६० हजार १७७ जनाले कोरोना जितेका छन् । बिहीबार थप ४०५ जना डिस्चार्ज भएका छन्।
नेपालमा अहिलेसम्म २० लाख २ हजार ४१ जनाको आरटी पीसीआर परीक्षण भएको छ । बिहीबार थप ५ हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ४०३ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको छ । बिहीबार मात्रै थप ६ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ छ । यस्तै २३१ जना क्वारेन्टिनमा छन् भने ४ हजार ४२६ जना आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १५२ जनाको आइसीयूमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।