ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा : राजेन्द्र महतो

ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा : राजेन्द्र महतो

मलंगवा : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन् । 

सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको जनप्रदर्शन एवं विरोध सभालाई सम्बोधन गर्दै नेता महतोले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए । 

प्रधानमन्त्री ओलीले संविधानमै नरहेको व्यवस्था लागु गरेर देशलाई प्रतिगमनको दिशमा धकेलेको आरोप उनको छ । 

‘पाँच वर्ष देश चलाउनका लागि मत दिएको थियो । प्रधानमन्त्रीले ३ वर्षमै जनताको मतलाई अपमानित गर्ने काम गरेका छन् । जनताको मत र लोकतन्त्रमाथि प्रहार गर्दै ओलीले ठूल–ठूला आन्दोलिनबाट प्राप्त भएको उपलब्धिलाई हत्या गर्ने काम गरेका छन्’, उनले भने, ‘ओलीले राणा र राजा जस्तो शासन गर्न खोज्दै छन् । अहिलेको कदम लोकतान्त्रिक मूल्यमान्यता माथिको आक्रमण हो ।’

संविधान बनाउने बेलामा हिमाल, पहाड, तराई मधेसका जनतालाई विभेद गरेका ओलीले फेरि असंवैधानिक कदम चालेको उनको आरोप छ । प्रचण्ड र ओली बीचको झगडाको कारण जनतालाई दुःख भएको महतोले बताए । लोकतान्त्रको रक्षाको लागि अब फेरि लड्नुपर्ने उनको भनाइ छ । 

आशन ग्रहणमै लफडा 
आयोजकले आशन ग्रहणमा मर्यादाक्रम बिगारेको भन्दै एक निर्वतमान सांसद, २ विधायक र एक जना केन्द्रीय सदस्यले मञ्चमा आशन ग्रहण गरेन् । मर्यादाक्रमको ख्याल नगर्दा निर्वतमान संघीय सांसद प्रमोद साह, प्रदेश सांसद संजयकुमार यादव, निराकुमारी साह र केन्द्रीय सदस्य अशोक सिंह कोइरीले आशन ग्रहण गरेन् । 

मर्यादाक्रम बिग्रेपछि सर्वसधारणसँग बसेका निर्वतमान सांसद प्रमोद साह, प्रदेशसभा सदस्य संजयकुमार यादव र केन्द्रीय सदस्य अशोक सिंह कोइरी । तस्बिर : सुनिल ठाकुर 

मर्यादाक्रम बिग्रेपछि सर्वसधारणसँग  बसेकी प्रदेश सभा सदस्य निराकुमारी साह
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.