सडकमा राखिएको बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज

सडकमा राखिएको बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज

बैतडी : महाकाली लोकमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बैतडीको दोगडाकेदार गाउँपालिका ६ चम्तडीमा सडकमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। 

शुक्रबार राती सडकमा राखिएको डेक्ची बम दार्चुलाबाट आएको नेपाली सेनाको टोलीले शनिबार बिहान डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको आह्वान गरेकाले उसले नै बम राखेको हुन सक्ने आशंका गरिएको छ। 

यद्यपि बम कसले राखेको भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। सडकमा राखिएको बम डिस्पोज गरिएसँगै सडक पनि सुचारु भइसकेको छ। गएरातीदेखि अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भइसकेको बताइएको छ। 

यसैबीच विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा प्रभाव परेको छ। बन्दका कारण सवारी साधन कम मात्रामा चलेका छन्। बन्द भए पनि सुरक्षा व्यवस्था भने कडा पारिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.