ट्याक्टरबाट लडेर बालकको मृत्यु
![ट्याक्टरबाट लडेर बालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20201129054133_AidFHtIxXs.jpg)
उदयपुर : उदयपुर कटारी नगरपालिका–४ मरुवा खोलामा ट्याक्टरबाट खसेर मंगलबार साँझ एक बालकको ज्यान गएको छ ।
मरुवा खोलामा ढुंगा लोड गरी सिम्लेतर्फ जाँदै गरेको स १ त ६८२२ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँका मेनु तामाङका ५ वर्षीय छोरा अमिर तामाङको ज्यान गएको हो ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका बालकलाई कटारी अस्पतालमा सामान्य उपचारपछि विराटनगर लैजानेक्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
ट्याक्टरको पछिल्लो भागमा रहेका बालक ट्याक्टरबाट झर्दा पछाडिको टायरमा ठोक्किएर गम्भीर घाइते भएपछि उपचारका लागि बाहिर रेफर गरिएको थियो । प्रहरीले ट्याक्टर र चालक जीवन राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)