पर्सामा १२५ जनाले लगाए कोरोना खोप

पर्सामा १२५ जनाले लगाए कोरोना खोप

वीरगन्ज : पर्सामा पहिलो दिन १ सय २५ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका छन्। 

वीरगन्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको जिल्लाको एक मात्र खोप केन्द्रमा पहिलो दिन अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी, एम्बुलेन्स चालक गरेर १२५ जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसीयाले जानकारी दिए। 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खोप केन्द्रको उद्घाटन गरेसँगै नारायणी अस्पतालकी नर्स हेमा थापाले पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरेकी थिइन्। 

 त्यसपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डा. सन्जय ठाकुर, डा. निरज सिंह, डा. सरोज सिंह , डा. जेपी जयसवाल, डा. राकेश साह, डा. मोनिका सिंह यादव, डा. विजयराज खनाल यादव लगायतका चिकित्सकका साथै अस्पतालका कर्मचारीले खोप लगाएका हुन्। 

पहिलो चरणको खोप अभियान ५ दिनसम्म चल्ने चौरसीयाले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा जिल्लाका फोहरमैला व्यवस्थापनमा खटिने सफाइकर्मी तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक, सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ। 

बुधबार खोप लगाएका नारायणी अस्पतालका मेसु डा. ठाकुरले खोप लगाएपछि आफूमा कुनै समस्या नदेखिएको बताए। 

 खोप लगाएका अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी प्नि निक्कै उत्साहित भएको उनले बताए।

 स्वास्थ्य मन्त्रालयको खोप व्यवस्थापन महाशााखले पहिलो चरणका लागि पर्सा जिल्लाका लागि ५ हजार २ सय डोज खोप उपलब्ध गराएको छ।

खोप अभियानकोउद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले कोरोनाको खोपले महामारीसँग लड्न थप हिम्मत मिलेको बताए। 

वीरगन्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको जिल्लाको एक मात्र खोप केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउत। तस्बिर : क्रान्ति शाह
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.