काठमाडौं–तराई द्रुतमार्गको सुरुङ निर्माण वैशाखदेखि

काठमाडौं–तराई द्रुतमार्गको सुरुङ निर्माण वैशाखदेखि

काठमाडौं : नेपाली सेनाले आर्थिक वर्ष २०७८-७९ देखि काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ। द्रुतमार्ग आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरिभिजनको जिम्मा पाएको एमएस योसिन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माण गर्ने कम्पनी छनोट गर्न आवश्यक पर्ने टेन्डर डकुमेन्टको तयार गरी सेनालाई हस्तान्तरण गरिसकेको सेनाका सूचना अधिकारी सन्तोषवल्लभ पौड्यालले जानकारी दिए।

‘सेनाले पनि उक्त बोलपत्र डकुमेन्ट स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पेस गरिसकेको छ। कार्यालयबाट स्वीकृत भएर आएको दुई दिन भित्रमा बोलपत्र आह्वान गर्ने तयारी छ’, पौड्यालले भने, ‘यो अन्तर्राष्ट्रिय बोलपत्र हो।’

अन्तर्राष्ट्रिय बोलपत्र भएकाले सुरुङमार्ग निर्माण गर्न इच्छुक निर्माण व्यवसायीले आवदेन दिनका लागि सार्वजनिक सूचना जारी भएको मितिदेखि ४५ दिनको समय पाउनेछन्। तोकिएको मितिभित्र प्राप्त भएको आवेदनलाई एकदेखि डेढ महिनाभित्रमा मूल्यांकन सम्पन्न गरी सुरुङमार्ग निर्माण गर्ने निर्माण व्यवसायी छनोट गर्ने सेनाको योजना रहेको पौड्यालले जानकारी दिए। लक्ष्यअनुसार प्रगति हासिल भएमा २०७८ वैशाखभित्रमा निर्माण व्यवसायीसँग सम्झौता गरी सुरुङमार्ग निर्माण प्रक्रिया थालनी गरिने उनको भनाइ छ। 

द्रुतमार्गले काठमाडौं तराईको दूूरी ७२.५ किमिमा सीमित गर्नेछ। यो आयोजनामा ६.४१ किमिको तीनवटा सुरुङमार्ग, विभिन्न पुलले १०.५९ किमि सडक ओगट्नेछ। द्रुतमार्ग निर्माण प्रक्रियामा जटिल पाटोको रूपमा सुरुङमार्गलाई नै लिएको छ। सेनाले आव २०८०-०८१ मा द्रुतमार्ग निर्माण गर्ने महŒवाकांक्षी लक्ष्य राखेको छ। 

आगामी आवबाटै सुरुङ मार्ग निर्माण प्रक्रिया अघि बढाउन सकेमात्र द्रुतमार्ग समयमा सम्पन्न हुने सेनाभित्रकै एक प्राविधिकको भनाइ छ। सेनाका अनुसार हालसम्म भौतिक प्रगति ११.११ प्रतिशत छ। वित्तीयतर्फ ९.५२ प्रतिशत छ। आयोजनामा पुस मसान्तसम्म १७ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्ग निर्माण गर्न एक अर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। चालू आर्थिक वर्षमा द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

सेनाले द्रुतमार्ग निर्माणको जिम्मा पाएको तीन वर्षसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) उपलब्ध थिएन। २०७६ भदौमा मन्त्रिपरिषद्ले डीपीआर स्वीकृत गरेसँगै सडक निर्माणले गति लिन सुरु गरेको सूचना अधिकारी पौड्यालले बताए।

माटो काट्ने तथा भर्ने सडकको लम्बाइ ५५.५ किमि छ। जसअन्तर्गत आयोजनाको ४४.१ किमि सडकखण्डको सबग्रेड लेबल तयार गर्न माटो काट्ने तथा भर्ने काम सम्पन्न भएको छ। सबग्रेड लेबलमा ८८ प्रतिशत प्रगति हासिल भएको छ। 

ढुंगा माटो तथा संरचना निर्माण गर्न २०७४-०७५ मा २० वटा र २०७५-०७६ मा १० वटा प्याकेजमा ठेक्का लगाइएको थियो। जसमध्ये १५ वटा प्याकेज सम्पन्न भइसकेको छ। न्यून प्रगति तथा साइट अवस्थाको कारण चारवटा प्याकेज स्थगनका लागि प्रक्रिया अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार ११ वटा प्याकेजको ६ महिना ठेक्का समयावधि थप गरिएको छ। २०७६-०७७ मा २० वटा राष्ट्रिय बोलपत्र र एक वटा अन्तर्राष्ट्रिय बोलपत्रदाता छनोट गरी ठेक्काको बन्दोबस्त गरिएको छ। चालू आवभित्रै मुआब्जा वितरण गर्न बाँकी ४ सय ४५ रोपनी जग्गाको मुआब्जा वितरण गर्ने सेनाले लक्ष्य राखेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.